कृषि क्षेत्रमा प्रयोग हुने र मेटेरियल अनधिकृतरुपमा भारत निकासी हुँदा नेपालका कृषी उद्यमी समस्यामा

तराइ संचार
तराइ संचार 1.3k - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेपालको कृषि क्षेत्रमा प्रयोग हुने र मेटेरियल अनधिकृतरुपमा भारत निकासी हुँदा नेपालका कृषी उद्यमी समस्यामा परेका छन् । कृषि अन्तर्गत बोटबिरुवामा प्रयोग गरिने सुस्म पोषक तत्व जिङक सल्फेट कपर सल्फेट म्याग्नेसियम सल्फेट फेरस सल्फेट लगायतको कृषी सामाग्री उत्पादन गर्दै आएको नेपाल एग्रो केमिकल्स प्रा।लि। कोल्हबी नगरपालिका वडा नं २ बारा लगायतका उद्योगहरु संकटमा पर्दै आएको उद्योगीहरुले बताएका छन् ।

सरकारले किसानहरुलाई समयमा मल खाद्य र बिउ बिजन समयमा उपलब्ध गराउन सकेको छैन । त्यसो त बोटबिरुवामा प्रयोग हुने यस्ता भिटामिनले पनि उत्पादन बढाउन सकिने भएपनि सरकारले सहयोग गर्नु त परै जाओस भारत निकासी रोक्न समेत नसकेको एग्रो केमिकल्सका सञ्चालक प्रदिप मैनालीले बताउनु भएको छ ।

कृषिमा आधारित एग्रो केमिकल्सले बोटविरुवा र कृषिमा प्रयोग हुने सबै किसिमका भिटामिनहरु उत्पादन गर्दै आएको छ । दैनिक १० टन क्षमता रहेको कृषिलाई चाहिने सुस्म पोषक तत्व जिङक सल्फेट कपर सल्फेट म्याग्नेसियम सल्फेट फेरस सल्फेटहरु उत्पादन गर्ने यस्तो उद्योग नेपालमै एकमात्र रहेको मैनालीले बताउनु भयो । २०६१ सालमा स्थापित उद्योगले नेपालका सबै जिल्लाहरुमा बोटबिरुवालाई चाहिने भिटामिन उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

भारतबाट आयातित भिटामिनहरुमा क्वालिटी नहुने गरेको मैनालीले बताउनु भयो । नेपालका रअ मेटेरियल भारत जाने र भारत हुँदै फेरी ती भिटामिनका रुपमा नेपाल आउँदा महँगो र स्तरीय नभएपछि आफैले बिज्ञको सहयोगमा व्यवसायिक रुपमा नेपाली रअ मेटेरियल जम्मा गरी स्तरीय भिटामिन बिक्री वितरण गर्दै आएको बिस्तारै किसानहरुले समेत रुचाउँदै गएको बताउनु भएको छ ।

नेपालका रअ मेटेरियल भारत जान रोक्न सके मात्र नेपाली किसानहरुको माग अनुरुप स्तरीय भिटामिन तयार गर्न सकिने अन्यथा कम्पनी नै बन्द गर्नुपर्ने अवस्था आउने मैनालीले बताए । नेपालका ग्याल्गोनाइज प्लान्टहरुबाट उत्पादन भएका कपर वायर प्लान्टबाट उत्पादन हुने वस्तुहरु चोरी बाटो हुँदै भारत निकासी हुने गरेको भए पनि सरकारले रोक्ने तर्फ कुनै प्रयास नगरेको उनको आरोप छ । किसानहरुको उत्पादन घट्नुमा जिन्क सल्फेट पनि एक भएको बताउ“दै स्तरीय जिन्क सल्फेट बजारमा पाउनै गाह्रो रहेको उहाँले बताउनु भयो ।

कृषि उत्पादन बढाउने यस्ता कृषि उद्योगलाई सरकारले प्रोत्साहन स्वरुप सहयोग गर्नुपर्नेमा कुनै पनि सरकारले सहयोग नगरेको उहाँले बताउनु भयो । कृषि उद्योग भए पनि सरकारले बेवास्ता गर्ने गरेको बताउँदै उहा“ले अनुदानको त कुरै पर जाओस्, ऋण समेत पाउन धेरै कठिन रहेको बताउनु भयो ।

सल्फेटको नाममा डोलोमाइड लगायत अन्य गुणस्तरहीन सामाग्री बिक्री वितरण हु“दै आए पनि सरकारको त्यसतर्फ ध्यान जान नसकेको उहाँले बताउनु भयो । मल खाद्य र बिउ बिजन भिटामिनका बारेमा कृषि ज्ञान केन्द्रहरुले समेत किसानहरुलाई सही सूचना पु¥याउन नसकेको उहा“ले बताउनु भयो । जिन्क सल्फेटको कमीले उत्पादनमा कमी आउने कुरामा कृषि ज्ञान केन्द्रहरुले समेत किसानलाई बुझाउन नसकेको बताउनु भयो ।

लकडाउन र कोराना भाइरसका कारण रअ मेटेरियल भारत निकासी हुन नसकेकाले आफूहरुले रअ मेटेरियल जम्मा गर्ने र उद्योग सञ्चालन गर्न सहज अवस्था भएको उहाँले बताउनु भयो । बोटबिरुवा र कृषिका लागि उपयोग हुने २३ प्रकारका भिटामिनहरु आफूहरुले उत्पादन गरी देशभर बिक्री वितरण हुँदै आएको उहाँले बताउनु भयो । पाँच करोड लगानीमा स्थापित एग्रो केमिकल्सले रअ मेटेरियल पाउने हो भने देशभर आवश्यक हुने बिरुवाको पोषक तत्व देशभर पु¥याउन सकिने उहाँले बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content