भारतीय नागरिकले नक्कली नेपाली धर्मपुत्र बनेर नागरिकता लिएको आरोप

तराइ संचार
तराइ संचार 994 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
रौतहटको साबित गाबिस डुमरिया हाल ईशनाथ नगरपालिका वडा नम्बर ९ बाट नेपाली बनी एक भारतियले लिएका नागरिकता खारिजी गर्न माँग गरिएको छ । मोतिहारी जिल्ला पुवी चम्पारण लतिहानवा निवासी रामअधार साह बनिया उर्फ चटिया बाबाले नेपालको संविधानलाई चुनौती दिदै रौतहटको साबित डुमरिया गाबिसबाट भोला साह बनियाको धर्मपुत्र बनि नाटकिय रुपमा नेपाली नागरिता २०५१ साल माघ महिनाको १६ गते ना .प्र .प १९४४ नम्बरको नागरिता लिएको हुदा नागरिता खारिजी एवम नागरिता लिने र दिलाउने दुवैलाई हदै सम्मको कार्यवाहि गर्न पत्रकार सम्मेलन गरि माँग गरेका हुन । बाराका बिभिन्न ठाँउका स्थानियहरु प्रभात बिक्रम शाह, जाहिर अंसारी, जोगेन्द्र महतो, राकेश आार्चय, सरफुल्ला अंसारी, मुनिलाल साह, महन्थ साह कुर्मी, बिरजु साह कानु, उतिमचन्द पासवान लगायतकाले कलैयामा पत्रकार सम्म्ेलन गरि नागरिकता खारिजीको माँग गरेका छन । भोला साहको दुई छोरा रामबाबु र अजय हुदा हुदै भारतियलाई धर्मपुत्र बनाएर नागरिता दिनु दिलाउनु कानुन बिपरित भएको दावी पत्रकार सम्म्ेलन गर्नेहरुको दावी रहेको छ । रामअधार साहले नक्कली छोरा बनी नेपाली नागरिता लिन सफल भएपनि सो कुरा जानकारी डुमरियाका स्थानियहरुलाई नहोस भन्न्ो मनसायले रौतहटबाट महागढीमाई नगरपालिका वडा नम्बर २ बरियापुर बारामा आई घर बनाई कपडाको ब्यवसाय समेत संचालन गर्दै आएको सो अवश्रमा जानकारी गराएको थियो । रामअधारको भाईहरु योगेन्द्र र जागरनाथको भारतिय अधार कार्ड समेत लतिहानवामा नै रहेको हुदा पनि उनी भारतिय रहेको प्रमाणित हुन्छ महागढीमाईका स्थानिय प्रभात बिक्रम शाहले जानकारी दिए । त्यति मात्र होईन रौतहट ईशनाथ नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष रामबाबु यादवले महागढीमाई नगरपालिका बारालाई मिति २०७५ साल असार २६ गते च. न. २३३९ को पत्रबाट रामअधार भोलाको धर्मपुत्र होईन भने जवाफ पठाएको थियो । यस सम्बन्धमा रौतहटका प्रमुख जिल्ला अधिकारी इनरदेव यादवसंग बुझदा यस बिषयमा खोजबिन, अनुसंन्धान गरि दोषी देखिए कानुन बमोजिम कार्यवाही गर्ने प्रतिक्रिया दिएका छन ।

शेयर
प्रतिक्रिया
Skip to content