राजकुमार लामा
सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालीका २ अवस्थित होटल सिमरा ईनमा लागु औषध सम्बन्धी क्षती न्युनीकरणको बिषयमा सोमबार स्थानीय सरकार र सरोकारवालाहरु बिच छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कुल जनसङख्याको १ प्रतिशत भन्दा बढी लागु औषध तथा बिभिन्न नशामा रुमली रहेको भएपनि उनीहरुको भविश्य उपर स्थानीय सरकारले कुनै काम नगरेको रिकभरीङ नेपालका केन्द्रीय सदस्य अजीत राईले बताउनु भएको छ । उनले जन स्वास्थमा पनि गम्भिर रहनु पर्ने भएपनि सरकारलेले काम गर्न नसकेको बताएका छन् । राज्य पक्षबाट बिभिन्न सङ्घ सस्थाहरुलाई आवद्धता दिई सस्था सञ्चालन गर्न अनुमती दिए पनी संरक्षण र दिगो युवा बिकासका लागि युवा बिषेश कार्यक्रम ल्याउन आवश्यक रहेको र कार्यक्रममा लागु औषध सम्बन्धी क्षती न्युनीकरणका लागि अनुगमन अती आवश्यक भएको लागु औषध सम्बन्धि समाजिक अभियन्ता राजेन्द्र पुरीले बताउनु भयो ।
स्थानीय सरकार र सरोकारवालाहरु जस्तै स बिधालयका शिक्षक, घरको अबिभावक र समाजमा अगुवा गर्नेहरु जवाफदेही भए हामी जस्तो युवाहरु सृजनशिल कार्यमा सम्लग्न भै कुनै सुधार गृहमा उपचारका लागि समय खर्चिनू नपर्ने धारणा अभियन्ता दले लामाले बताउनु भयो ।
कार्यक्रममा परीवर्तन र बिकासका लागि आम जनतासम्म लागु औषध बिरुद्द अभीयानमा सहकार्य गर्दै सुचना प्रवाह गर्ने रेडियो समर्पणका प्रबन्धक निर्देशक अनील तिवारीले बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक राम किशोरले लागु औषध रोकथाम तथा नियन्त्रणकालागी जनता प्रहरी साथी हुन आवश्यक रहेको र नगर स्तरीय योजनाहरु निर्माण गर्न सुझाव दिनु भयो ।
रीकभरीङ नेपालको आयोजनामा भएको कार्यक्रम नया गोरेटो पुनर्स्थापना केन्द्र बारा सिमराका अध्यक्ष राजकुमार लामाले सन्चालन गर्नु भएको कार्यक्रममा बिभिन्न सघ सस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।