सिमरा । प्रधानमन्त्री कप एकदिवसीय महिला क्रिकेट प्रतियोगिताका लागि बारा जिल्ला खेलाडी छनोट गरिएको छ ।
प्रादेशिक छनौटका लागि बारा जिल्ला बाट १४ महिला खेलाडिलाई छनौट गरिएको हो। महिला टोलीको बारा जिल्लाबाट कप्तानमा निशा गिरि , उप कप्तानमा एलिशा यादवछनौट भएका छन । त्यसैगरी खेलाडीहरु रमिला अर्याल, रचना अर्याल, सोनी कुशवाहा, प्रियंका गुप्ता,चादंनी अधिकारी, अमिष पटेल,प्रतिमा साह,बन्दना गुप्ता,वर्षा ढकाल, निक्की कुशवाहा, सुमन पटेल, साना परबिन रहेको कलैया क्रिकेट क्लबका सचिव पन्कज पाण्डेले बताए ।
मङ्सिर २७ गते दखि प्रादेशिक छनौटका लागि सप्तरी को राजबिराजमा हुने खेलमा बारा जिल्लाबाट उनिहरु सहभागी हुने र अगामी पुस ११ गते देखि सञ्चालन हुने प्रधानमन्त्री कप एकदिवसीय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने जिल्ला क्रिकेट संघ बाराका सचिब अनिल कुमार चौगाईले बताउनु भयो ।