लैङ्गिक हिंसा विरुद्धको जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम कलैयामा सम्पन्न

तराइ संचार
तराइ संचार 1.5k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

 

सिमरा । मानव अधिकारकको लागि एकल महिला समूहको आयोजनामा  लैङ्गिक हिंसा विरुद्धको जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम कलैयामा सम्पन्न भएको छ । सदरमुकाम कलैया स्थित कलैया उपमहानगरपालिका वडा न ६ मा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त संस्थाको आफ्नै कार्यालयमा भएको कार्यक्रमको प्रमुख अतिथी महिला अधिकारकर्मी बबिता जयसवाल रहेकी थिइन । संस्थाको अध्यक्ष मन्दा दलिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिरा सिंह, कलैया उपमहानगरपालिका वडा न ६ का वडा महिला एवं दलित सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा महिला हिंसाका घटना बढेको र सुरक्षित स्थानसम्म प्रभावितको पहुँच नपुगेको देखिएकाले लैंगिक आधारमा हुने हिंसा र फरक व्यवहार अन्त्यका बारेमा जानकारी दिदै अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको हो । १६ दिने महिलाहिसाको कार्यक्रम बारामा भईरहेपनि स्थानीयले प्रभावकारी हुन नसकेको बताएका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content