कार्यक्रम संचालन पुष्प खतिवडाले गरे वक्तामा शाखाका पुर्ब सभापति थिरबहादुर श्रेष्ठ पुर्ब केन्द्रीय कोषाध्यक्ष हरि प्रसाद थपलियाले कोभिड कहरबाट बच्न सकिन्छ तर आणविक कहरबाट कस्ले बचाउने ? आणविक हतियार निषेध सन्धि तत्काल अनुमोदन गर । नेपाल : आणविक हतियार निषेध सन्धि अनुमोदन गर । भन्ने नाराका साथ शान्तिको बिकल्प छैन युद्धको भविष्य छैन भन्दै सबै पार्टी मिलेर लोकतन्त्र गणतन्त्र को जगेर्ना गर्नुपर्ने र जनताले दुई तिहाइ मतदिएर सरकारमा पठाएको पार्टीले बाटो बिराउन लागेको मा खबरदारी गरेको र फेरि पनि क्रान्तिकारीको नाममा मोरङमा शिक्षक हत्या गरेर मानव अधिकारको उलङ्घन गरेकोमा बारा शाखाले खेद प्रकट समेत गरेको छ । कार्यक्रममा सिमरा कलेजका कलेज प्रमुख शालिकराम अधिकारी , प्रकृति संरक्षण मंञ्च बाराका अध्यक्ष ईश्वर पोखरेल लगाएतका उपस्थिति थियो । कार्यक्रम एरपोर्ट चौकमा भएको थियो । समापन हरि प्रसाद थपलियाले गर्नुभयो । सभापतित्व शाखा सभापति सम्झना गिरीले गर्नुभएको थियो ।