पर्सा राष्ट्रिय निकुञ्जको आधारभार पत्रकार महासंघ प्रादेशीक बैठक शुरु

तराइ संचार
तराइ संचार 930 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान बारा २५ मंसिर नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ को बैठक बाराको अम्लेखगंमा शुरु भएको छ । प्रदेश स्तरीय सदस्यताको बारेमा छलफलका साथै निर्णय गर्न यो बैठक बसेको हो ।

पर्यटकीय नगरीको रुपमा प्रसिद्ध बाराको अम्लेखगंज स्थित हातीसारमा यो बैठक शुरु भएको हो । प्रदेश नम्बर २ कै एक मात्र राष्ट्रिय निकुञ्जको रुपमा रहेको यस निकुञ्जमा हाती सवारी मुख्य पर्यटन आकर्षणको रुपमा रहेको छ । यसरी प्रदेशका सबै जिल्ला समितिको बैठक बस्ने उद्धेश्यका साथै पर्यटन प्रवद्धनमा सहयोग हुनेगरी नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले बाराको अम्लेखगंजमा यो बैठकको आयोजना गरेको हो । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षता सम्पन्न यस बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देवकुमार यादब, अवधेश झा, शलेन्द्र झा, प्रदेश कार्य समितिका उपाध्यक्ष केसि लामिछाने, महिला उपाध्यक्ष रिंकु मिश्र गायत्री, महासचिव किरण कर्ण, सचिव गुरुप्रसाद गौतम, आरएन विस्वास, कोषाध्यक्ष प्रविन साह, कार्यसमिति सदस्यहरु जगत राई, भोजराज भट्राई, जीतलाल श्रेष्ठ, सिकेन्द्र पासवान, ललिता साह, शैलेन्द्र झा, अजय साह, अजीत सिहं, हदिस खुद्दार, प्रदेश समितिका सल्लाहकार बिरेन्द्र रामण लगाएत पत्रकार महासंघ बाराका अध्यक्ष कमलकुमार उपाध्याय, प्रेस संगठन नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारी, बाराका वरिष्ठ पत्रकारी रेशम तीवारी, रेडियो समर्पणका प्रबन्ध निर्देशक अनिल तिवारी लगाएतका रहेका छन् ।

 

शेयर
प्रतिक्रिया
Skip to content