सिमरा । नेपाल प्रेस युनियन बाराका उपाध्यक्ष एवम न्युज २४ तथा नयाँ पत्रिका दैनिकमा कार्यरत जीतपुरसिरा उपमहानगरपालिका १ पथलैया निवासि पत्रकार बसन्त खतिवडा सम्मानित भएका छन् । खतिवडालाई पत्रकारीताका माध्यमबाट साना किसान कृषि सहकारी संस्थालाई सहयोग तथा योगदान पुराएको भन्दै सम्मान गरिएको हो । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १८ स्थित रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको बार्षिक साधारण सभाका अवसरमा खतिवडालाई सम्मान गरिएको हो । खतिवडासगै ३ जना जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहार सहित सम्मान गरेको छ । यस्तै संस्थामा कार्यरत कर्मचारीहरु मध्येबाट बर्ष कर्मचारीका रुपमा मुना न्यौपानेलाई सम्मान गरिएको छ ।
सहकारीमा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको १७, १८ त्यस्तै कलैया उपमहानगरपालिका २४, १६, १, २, ४, २६ र २७ नं. वडामा २ हजार ४ सयबढी महिला सदस्य आवद्ध छन् । करिब ४१ करोड कारोबार गरी १ करोड १५ लाख नाफा गरेका संस्थाले जनाएको छ । उक्त मुनाफाबाट आवद्ध सदस्यहरुलाई १५ प्रतिशत मुनाफा वितरण गर्ने निर्णय समेत गरेको छ ।
छैंठौं अघिवेशन तथा १८ औं बार्षिक साधारसभाले पुनः नयनकला खड्काको नेतृत्वमा १३ सदस्य संचालक समिति गठन गरेको छ ।
संस्थाको अधिवेशनबाट आगामी ४ बर्षे कार्यकालका लागि पूनः नयनकला खड्काको नेतृत्वमा १३ सदस्यीय संचालक समिति गठन गरेको छ । जसको उपाध्यक्षमा पुनः फुलकुमारी बस्नेत चयन हुनु भएको छ । त्यसैगरी संचालकहरुमा शर्मिष्ठा दाहाल, चम्पा देवी ,संचराम थिङ्ग , टककुमारी उप्रेती भेटवाल, तीलेसरी देवी थरुनी, आशा राना मगर रहेका छन् । साधारण सभाले मुना चौधरी ,रोशा खातुन , श्यामता कुमारी, तारा अधिकारी र मुन्नी कुमारी भण्डारीलाई संचालकमा चयन गरेको छ । साधारण सभाले पुनः सुनिता सापकोटाको संयोजकत्वमा लेखा समिति समेत गठन भएको संस्था अध्यक्ष खड्काले जानकारी दिनु भयो ।
प्रदेशसभा सदस्य ज्वाला कुमारी साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका संचालक शिव प्रसाद अधिकारी, प्रदेश २ स्थति कृषि संघका सचिब पुनदेव प्रसाद रौनियार, कृषि संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, साना किसान विकास लघुवित्त वित्तिय संस्था हेटौंडाकी अधिकृत कृष्णमाया सुवेदी, साना किसान कृषि सहकारी संस्था भोडाहाका अध्यक्ष विन्दा सिंह लगायतले बोल्नु भएको थियो ।
निर्वाचित संचालक एवं लेखा समितिका पधादिकारीहरुलाई प्रमुख अतिथी समेत रहनु भएकी पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य साहले अविर लगाए बधाई ज्ञापन गर्नुभएको छ ।
कार्यक्रम संस्था अध्यक्ष नयनकला खड्काको अध्यक्षता, उपाध्यक्ष फुलकुमारी बस्नेतको स्वागत र मुख्य प्रबन्धक पुष्पराज खतिवडाको संचालनमा सम्पन्न भएको हो ।
मनहर्वा साना किसानको बार्षिक साधारसभा पत्रकार बसन्त खतिवडा सम्मानित
प्रतिक्रिया
प्रतिक्रिया