नेपालको पहिलो विमानस्थल सिमरा बिमानस्थलबाट सगरमाथाको अवलोकन सम्पन्न

तराइ संचार
तराइ संचार 1.9k - पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

 

गुरुप्रसाद गौतम
सिमरा । नेपाल कै पहिलो विमानस्थल सिमरा विमानस्थलबाट आज शनिवार पहिलोपटक नेपालमा रहेका विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथा लगायतका हिमशिखरहरुको माउन्टेन फ्लाईट शुरु भएको छ । संघीय सभासद किसन श्रेष्ठ लगायत जीतपुरसिमरा क्षेत्रका उद्योगी व्यापारी र पर्यटन व्यवसायीहरुको समूहले यति एयरलाईन्सको सहकार्यमा माउन्टेन फ्लाईट गरेको हो ।
प्रदेश नं. २ लगायत यस क्षेत्रकै पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले शुरु गरिएको माउन्टेन फ्लाइट पर्यटन बिकासका लागि एउटा ऐतिहासिक दिन भएको संघीय सभासद किसन श्रेष्ठले पत्रकार सम्मेलनमा बताउनु भयो । सिमरा टुर एण्ड ट्राभल्स, अप्सरा टुर एण्ड ट्राभल्स, नगर उद्योग वाणिज्य संघ, होटल तथा पर्यटन व्यवसायी संघ, होटल सिमरा ईन, सिमरा बिमानस्थल कार्यालय र क्लासिक होटलको संयुक्त सहकार्यमा “सर्वोच्च शिखर सगरमाथास“ग साक्षातकार गारैं प्राकृतिक सुन्दरताको अनुभूति गरी पर्यटन प्रवद्र्धन गरौं” भन्ने नाराका साथ माउन्टेन फ्लाइट भएको हो । २४ जना उद्योगी, पर्यटन व्यवसायी लगायतको समूहले सर्वोच्च शिखर सगरमाथा, कंचनजंघा, अन्नपूर्ण, धवलागिरी, गौरीशंकर, लामटाङ, गणेश हिमाल लगायतका शिखरहरुको अवलोकन गरी प्राकृतिक दृश्यको अवलोकन गरेका हुन् ।
माउन्टेन फ्लाइट गर्नेहरुमा सभासद कृष्ण कुमार श्रेष्ठ (किसन), उद्योग वाणिज्य महासंघका सदस्य अरुणराज सुमार्गी, नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय कुमार साह, राजदास श्रेष्ठ, गोविन्द गहतराज, युवराज पौडेल, रेशम तिवारी, मोहनप्रसाद शर्मा, पंकज गुप्ता, रामचन्द्र लामा, शरोज कुमार भट्ट, रमेश थापा, प्रस्ताव उप्रेती, राजन पौडेल, सूर्यबहादुर तामाङ, शालिकराम धिकारी, निरज पुडासैनी, सुमनकुमार भट्टराई, हरीप्रसाद सापकोटा, बमबहादुर श्रेष्ठ, इन्द्रबहादुर खत्री, मनोजकुमार गुप्ता लगायतका सहभागी रहेको आयोजक रामचन्द्र लामाले बताउनु भयो ।


माउन्टेन फ्लाइट पछि सम्पन्न पत्रकार सम्मेलनमा प्रमुख अतिथि सभासद श्रेष्ठले आफु तनहुबाट सभासद बनेको भएपनि कर्मथलो सिमरालाई बनाएको आधा दर्जन उद्योग स्थापना गरी पर्यटन प्रवद्र्धनमा लागि परेको बताउनु भयो । पर्यटनको हिसाबले यस क्षेत्रको ठूलो महत्व रहेको बताउ“दै पथलैया–बीरगंज राजमार्ग क्षेत्र निर्माणमा भएको ढिलाईलाई आफुले महत्वको साथ हेरेको र आगामि दिनमा सम्बन्धित मन्त्रीहरुस“ग बसेर निकास निकाल्ने बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि उद्योग वाणिज्य महासंघका नवनिर्वाचित सदस्य अजय सुमार्गीले देशकै पहिलो बिमानस्थल भए पनि यसले उचित प्राथमिकता पाउन नसकेको बताउनु भएको छ । उहा“ले सरकारले निजी क्षेत्रस“ग सहकार्य गरी पर्यटन प्रवद्र्धन लगायत उद्योग व्यवसाय क्षेत्रमा सरकारले निजी क्षेत्रलाई सहभागी गराई गरेको प्रतिफल राम्रो हुने बताउनु भयो । फुलको माला धेरै फुल मिलेर बनेको बताउ“दै पर्यटन क्षेत्रको बिकासका लागि पनि सबै मिलेर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मोहन शर्माको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा बिमानस्थल कार्यालयका प्रमुख बसन्त गौतम, पर्यटन अभियनताहरु राजन पौडेल, रामचन्द्र लामा, पत्रकार महासंघ प्रदेश नं. २ का सचिव गुरुप्रसाद गौतम, पत्रकार प्रकाश लम्साल, दिवाकर भण्डारी लगायतका विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी महासंघका महासचिव समेत रहेका मोहन शर्माले प्रदेश नं. २ कै पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका राख्ने सिमराबाट पोखरा हवाई यात्रा र बिहारको राजधानी पटना र सिमरा हवाई सेवा शुरु गर्न सके सिमरालाई पर्यटनको हब बनाउन सकिने बताउ“दै यसले समग्र प्रदेशकै पर्यटनमा सहयोग पुग्ने बताउनु भयो ।
माउन्टेन फ्लाइटको अनुभव पहिलो पटक सगरमाथा लगायतका नेपालको प्राकृतिक हिमशिखरलाई हेर्न पाउ“दा प्रकृतिको धनी हामी भए पनि उपयोग गर्न नसकेको सिमरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रेशम तिवारीले बताउनु भयो । सिमराबाट हवाई यात्रा मार्फत विश्वकै अग्लो शिखर सगरमाथा लगायतको हिम शिखरको नजिकबाट नियकाल्ने अवसरले सबैको मन प्रसन्न भएको र पहिलो पटक नेपालको प्राकृतिक सौन्दर्यलाई नियाल्न पाएको कार्यक्रमका अगुवा सिमरा टुर एण्ड ट्रभल्सका प्रमुख रामचन्द्र लामाले बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content