पथलैयाका दुई पत्रकार लम्साल र खतिवडा सम्मानित

तराइ संचार
तराइ संचार 919 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

 

सिमरा । प्रेस संगठन नेपालका केन्द्रीय सदस्य, ईमेज च्यानल तथा कारोबार दैनीकका संबाददाता प्रकाश लम्साल सम्मानित भएका छन् । लम्साललाई पर्सा राष्ट्रिय निकुन्जको जनहित उपभोक्ता समितीले शनिबार सम्मान गरेको हो । समितिको बारेमा पत्रकारिता जगतका माध्यमबाट सहयोग गरेको भन्दै लम्साललाई समितीको १४ औ साधारण सभाको अबसरमा सम्मान गरेको हो ।
बन, बन्यजन्तु, बाताबरण तथा पर्यावरण र पर्यटनको बारेमा सञ्चार माध्यमबाट योगदान पु¥याएको भन्दै समितिले सम्मान गरेको हो । साधारण सभाका प्रमुख अथिति नेकपाका प्रदेश दुईका सचेतक सुन्दर बिश्कर्माले लम्साललाई दोसल्ला ओढाई सम्मानपत्र र नगद सहित सम्मान गरेका हुन् ।
लम्सालले पथलैया अमलेखगंज सडक खण्ड यात्रु र बन्यजन्तुको लागी मृत्यु मार्ग भएको समाचार पछि बन्यजन्तु जोगाउन अन्डरपास पुल बनाउन दबाब पुगेको कार्यक्रममा बताइएको थियो । कार्यक्रममा बोल्दै लम्सालले पर्यावरण पर्यटन देखी बन बन्यजन्तुका सुरक्षा, बासस्थान लगाएतका बारेमा समाचार लेख्न सबै पत्रकार क्रियाशिल रहेको र आगामि दिनमा समेत क्रियाशिलता बढाउने बताउनु भयो । समितिका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रेष्ठले पत्रकारीताको सशक्त आबाजले बन जंगल जोगाउन देखी बन्य जन्तुको संरक्षणमा सहयोग पुगेको बताउनु भयो । उनले समितीको भाबी र बर्तमान योजनाका बिषयमा कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो । बन जोगाउदा प्राप्त हुने लाभान्सको प्रत्यक्ष सहभागीमा आयआर्जनका माध्यमबाट लघु उद्यममा केन्द्रित गरिने बताईको थियो । कार्यक्रममा जनप्रतीनधी लगाएत बिभिन्न संघ संस्थाका प्रतीनीधिहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।
यसैगरी नेपाल प्रेस युनियन बाराका उपाध्यक्ष एवम न्युज २४ तथा नयाँ पत्रिका दैनिकमा कार्यरत जीतपुरसिरा उपमहानगरपालिका १ पथलैया निवा ी पत्रकार बसन्त खतिवडा सम्मानित भएका थिए । खतिवडालाई पत्रकारीताका माध्यमबाट साना किसान कृषि सहकारी संस्थालाई सहयोग तथा योगदान पुराएको भन्दै सम्मान गरिएको हो । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १८ स्थित रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको बार्षिक साधारण सभाका अवसरमा खतिवडालाई सम्मान गरिएको हो ।

शेयर
प्रतिक्रिया
Skip to content