सिमरा प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नती हुन सकेन, दोषी को ?

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
6 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको सिमरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ शैयाको अस्पताल बनाउन जीतपुरसिमरा सार्वजनिक सरोकार समितिले माग गरेपछि सरकारले १५ शैयाको अस्पताल बनाउन यस अघी गरेको निर्णय के कारण अलपत्र परेको थियो भन्ने सर्वत्र चासोको बिषय बनेको छ । सिमरा प्राथमिक स्वास्थ्य केन्द्र, निजगढ प्राथमिक स्वास्थ्य केन्द्र लगायत धेरै स्वास्थ्य संस्थालाई स्तरोन्नती गर्ने सरकारको केही बर्ष अघिको निर्णय यस बर्ष सिमरा बाहेकेक सबै स्तरोउन्नती भएका छन् । तर सिमरा भने हुन सकेको छैन । सार्वजनिक सरोकार समितिले जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर सरस्वती देवी चौधरीलाई ज्ञापनपत्र दिंदै सो माग गरेपछि फेरी यस अघिनै स्तरोन्नतीको निर्णय भई निर्णय स्थिगित भएको स्वास्थ्य केन्द्रलाई फेरी किन स्तरोउन्नतीको माग आयो चासोको बिषय बनेको छ । उपमहानगरपालिका मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई संवोधन गरेर शुक्रवार ज्ञापनपत्र बुझाइसकेको छ ।
सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल र सदस्य छविलाल शर्माद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा प्रत्येक पालिकामा पाँच देखि १५ शैयया सम्मका अस्पताल सञ्चालन सरकारले गरिरहेको भए पनि आर्थिक नगरी त्यसमा पनि उपमहानगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र समेत राम्रोसँग सञ्चालन हुन नसकेको बताएका छन् । के स्वास्थ्य संस्था सुधार गर्न र स्तरोउन्नती आवश्यकता खडिकिएकै हो भन्ने प्रश्न स्थानीयले गरेका छन् । निजगढ लगायत सबैतिरका स्वास्थ्य केन्द्र स्तरोन्नती भएपनि सिमरा के कारण हुन सकेन? के साच्चे नै आवश्यक थिएन ? के राजनैतिक पहुच नपुगेकै हो ? के अरु भन्दा सानो स्थानीय तह भएर हो ? जीतपुरसिमराबासीले यो प्रश्न जान्ने उत्सुकता जाहेर गरेका छन् ।
औद्योगिक क्षेत्रमा हुने घटना र एशियन अन्तर्राष्ट्रिय राजमार्ग भएका कारण सवारी दुर्घटना लगायत विरामीहरुलाई समेत तत्काल प्राथमिक उपचार गर्न र बिरामीहरुको चापलाई मध्यनजर गर्ने हो भने सिमरालाई २५ हैन कम्तिमा पनि ५० शैयाको अस्पताल आवश्यक छ । सार्वजनिक सरोकार समितिले सिमरा प्राथमिक स्वास्थ्य केन्द्रलाई कम्तीमा पनि २५ शैययाको सरकारी अस्पताल सञ्चालनमा ल्याउन आवश्यक रहेको बताइए पनि निजगढ कलैया भन्दा बढी बिरामीको चाप रहेको सिमरा औधोगिक क्षेत्रलाई ५० शैयाभन्दा कम अस्पतालले थेग्न नसक्ने जानकारहरु बताउछन ।
उपमहानगरपालिकाको मापदण्ड अनुसार कम्तीमा पनि २५ शैययाको अस्पताल हुनुपर्ने सरकारी प्रावधान भएपनि यहाँका बिरामीहरु बीरगंज र हेटौडा लानुपर्ने अवस्था रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई सिमरा अस्पताल बनाई आकस्मिक एमर्जेन्सी सेवा सहित २५ शैयाको अस्पताल सञ्चालनको लागि सार्वजनिक सरोकार समितिको तर्फबाट माग गरेपनि उपमहानगरपालिकाकले एक बर्ष बित्न लागेपनि स्थायी डाक्टर सिमरामा छैनन । काजमा रहेका डाक्टरले अस्पताल सञ्चालन गरीरहेपनि दरबन्दीवाला डाक्टर ल्याउन नसक्नु उपमहानगर र अस्पताल समितिको बेवास्था रहेको स्थानीयबासीले बताएका छन् । जीतपुरसिमरा उपमहानगपालिका, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयलाई बोधार्थ गरिएको सार्वजनिक सरोकार समितिका अध्यक्ष मनोज पौडेलले नगर र समितिकै बेवास्थाका कारण सरकारले निर्णय गरेको स्तरोन्नती पछि हटाएको आफुले पाएको बताउनु भयो । मागपत्र ग्रहण गर्दै उपप्रमुख सरस्वती देवी चौधरीले सरोकार समितिले उठाएको विषय सान्र्दभिक भएकोले आगामी कार्यपालिकाको बैठकमा लैजाने प्रतिबद्धता जनाउनु भयो । उनले आवश्यक परे मन्त्रालयसम्म डेलिगेशन गएर भए पनि २५ शैययाको नगर अस्पताल निर्माण गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भयो । तर सिमरामा दरबन्दी भएरपनि एक बर्ष देखी नआएका एमबिबिएस डाक्टर ल्याएर प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा भने ध्यान जान सकेको छैन । जसका कारण स्थानीयले उपचार गराउन बाहिर जानु पर्ने बाध्यता एकातर्फ छ भने अर्का तर्फ क्लिनिक सञ्चालन गर्नेहरुले बिरामीहरुलाई लुटीरहेको नेपाली काग्रेसका नगर सभापति श्यामबाबु गुप्ताले बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोख्रेलले दुर्गम गाउँमा समेत अस्पताल बनेको बताउदै जीतपुरसिमरा उपमहानगरपालिका भित्र अस्पताल नहुँदा नागरिकलाई पीडा भएको आफुले महसुस गरेकोले अस्पताल निर्माणको कामलाई प्रमुख प्राथमिकतामा समेटने बताउनु भयो । ज्ञापन बुझाउने कार्यक्रममा सरोकार समितिका सदस्यहरु छबिलाल शर्माले अस्पतालप्रति नगर र राजनैतिक दलहरुले समेत उचित प्राथमिकतामा राख्न नसकेको बताउनु भयो ।
सिमरामा यसअघि सरकारले १५ शैययाको अस्पताल निर्माणको लागि प्राथमिक स्वास्थ्य केन्द्रलाई राखेर बजेट बिनियोजन गरे पनि अस्पताल निर्माणका लागि स्थानीय राजनीतिक दल र अस्पताल सञ्चालन समितिले चासो नराखेको कारण बजेट कटौती गरी १५ शैययाको अस्पताल निर्माण गर्ने सूचीबाट नाम हटाएको यसअघि सिमरा प्राथमिक स्वास्थ्य केन्द्रका डा. अनुष थाले बताउनु भयो । आफुले समेत १५ शैययामा अस्पताल निर्माण गर्ने सूचीमा सिमरा प्राथमिक स्वास्थ्य केन्द्रलाई चयन गरेपछि पुनः नाम हटाएको बारे मन्त्रालयमा जाँदा स्थानीय स्तरबाट माग नआएको र चासो नदेखाइएको कारण १५ शैयाको अस्पताल निर्माणको सूचीबाट नाम हटाएको पाएपछि आफुले जानकारी गराएपनि कसैले ध्यान नदिएको बताउनु भयो ।
राजनैतिक दल र समिति तथा प्रदेश सरकारको समेत ध्यान नपुगेको नेकपा प्रदेश समितिका सदस्य राजन पौडेलले बताउनु भएको छ । ५० शैयासम्मको अस्पताल आवश्यक रहेको सिमरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र समेत स्तरोन्नती हुन नसक्नु यहाँका राजनैतिक दलहरुका लागि दुःखद पक्ष हो ।

प्राथमिक स्वास्थ्य केन्द्र अस्पताल सञ्चालन समितिका अध्यक्ष समेत रेका जीतपुरसिमरा–२ का वडाअध्यक्ष तिलक श्रेष्ठले अस्पतालमा ५ शैयाको आकस्मिक सेवा सहित अस्पताल शुरु गर्न सबै काम अन्तिम अवस्थामा पुगेको बताउनु भयो । सरकारले निर्णय गरेरपनि १५ शैयाको अस्पताल हटाउनुमा उपमहानगरले समेत बेवास्था गरेका कारण भएको बताउनु भएको छ । साथै दरबन्दी बाला डाक्टरका लागि तत्काल पहल गर्ने उहाले बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content