निजगढका चार उद्योग तथा पसललाई कार्वाही

तराइ संचार
तराइ संचार 602 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले बारा निजगढका विभिन्न पसल तथा उद्योगहरुमा अनुगमन गरी चार उद्योग तथा पसललाई कार्वाही गरेको छ । । कार्यालयका निमित प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा इलाका प्रहरी कार्यालय निजगढ, निजगढ नगर पालिकाको कार्यालय, निजगढ नगर उधोग वाणिज्य संघ समेतको सँयुत टोलीले सो कारवाही गरेको हो । जरिवानामा पर्नेहरुमा प्रमोद किराना पसल–निजगढ ८बाराले खरिद बिल नदेखाएकोमा बीस हजार, मुकेश किराना पसल निजगढ ९ बाराले खरिद बिल नदेखाईकोले बीस हजार, न्यु स्टायन्डर पाउरोटी उधोग निजगढ बाराले अनुगमन कार्यमा असहयोग गरेकोले पाच हजार ,न्यू सोना फर्निचर एण्ड हार्डवेयर ९निजगढ ९ बाराले खरिद बिल नदेखाएकोले बीस हजार तत्काल जरिवाना गरिएको र उत्त रकम ७ दिन भित्र जम्मा गर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कर्यालय पर्साले जनाएको छ । सूचना अधिकारी दिलिप खंग खत्वेले निजगढ बजार अनुगमन गर्दा विभिन्न पसल तथा फर्मलाई उपभोत्ता संरक्षण ऐन २०७५ बमोजिम तत्काल जरिवाना गरिएको बताएका टन् ।

शेयर
प्रतिक्रिया
Skip to content