सरकारले तोकेको समर्थन मुल्यमा धान खरिद गर्न बारामा ५ सहकारी मान्यता

तराइ संचार
तराइ संचार 1.5k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया। सरकारले तोकेको समर्थन मुल्यमा बारामा धान खरिद गर्न ५ वटा कृषि सहकारीले सरकारले तोकेको समर्थन मुल्यमा धान खरिद गर्न लागेका छन । बारामा आईतबार ५ सहकारीलाई धान खरिद गर्न अनुमती दिईएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ बाराले धान खरिद गर्ने बारे सम्झौता गरी मान्यता दिएको हो । समर्थन मुल्यमा धान खरिद गर्नेमा साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवाना, जीतपुर सिमरा उपमहानगरपालिका–१९ इनर्वासिर्रा, वडा नं १८ मनहर्वा, करैयामाई गाउँपालिका तेतरियास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड र फेटा गाउँपालिका–७ स्थित कटेङ्गनमाई कृषि सहकारी संस्था रहेका छन् । सुचीकृत भएका यी सहकारीहरुले पाँच हजार क्विन्टलसम्म धान खरिद गर्नसक्ने बताईएको छ ।
सुचीकृत भएका पाँच वटै संस्थाहरुले कृषकहरुसँग धान खरिद गर्ने सम्झौता गरिसकेकोले कृषकलाई पायक पर्ने सहकारीसँग समन्वय गरी धान बिक्री गर्न सक्ने इकाइ प्रमुख डाक्टर सुरेन्द्र यादवले बताउनु भयो । ।

शेयर
प्रतिक्रिया
Skip to content