बारा । महागढीमाई नगरपालिका वडा नम्बर १ का वडा सचिव रामबाबु शर्माको तलब रोक्का गर्न माग गरेका छन् । अदालतबाट समेत दोषी करार भईसकेका शर्मालाई राज्यकोष तलबभता उपलब्ध गराउदै आएको भन्दै तलब रोका गर्न महागढीमाईका निमित कार्यकारी अधिकृत बिजय कुसवाहासंग माग गरिएको हो । बरियापुर बजारमा आईतवार पत्रकार सम्मेलन गरि सोही नगरपालिका वडा नम्बर २ का त्रिलोक प्रसाद साहले यस्तो माँग गर्नुभएको छ । करिब ५ बर्ष पहिला १६ लाख रुपैया कर्जा लिएका वडा सचिव शर्मासंग पटक पटक माँग गर्दा दिन नमाने पछि गाँउघरमा नै ४ पल्ट भन्दा बढी पंचायती गर्दा समेत पैसा दिन अनाकानी गर्दै आएको हुदा निज शर्मालाई जिल्ला अदालतमा मुद्धा दर्ता गरेका थिए त्रिलोकले भन्नुभयो । जिल्ला अदालतले २०७७ साल मंसिर १२ गतेको आदेश अनुसार चलानी नम्बर २९७१ को पत्र अनुसार शर्मालाई पक्राँउ गर्न जिल्ला प्रहरी कार्यालय बारालाई पत्रचार गरेको भएपनि प्रहरीले अहिले सम्म उनीलाई पक्राँउ गर्न नसकेको सो पत्रकार सम्मेलनमा त्रिलोकले आरोप लगाए । लेनदेनको मुद्धामा अदालतबाट शर्मालाई पक्राँउ गर्ने आदेश गरेका हो । यता प्रहरीले शर्मालाई खोजी रहेको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो । वडा सचिव शर्मा फरार रहेका कारण वडाका कामकाज प्रभावित भईरहेको छ ।