ने बि संघ बाराले कलैयामा मोटरसाईकल रयाली सहित सिटि जुलुस सम्पन्न

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

 

कलैया । नेपाली काग्रेसले मंसिर २९ गतेका लागि देशभरी गर्ने भनेको आन्दोलनको कार्यक्रमको प्रचारका लागि ने बि संघ बारा जिल्ला कार्यसमितिले आईतबार बाराको सदरमुकाम कलैयामा मोटरसाईकल रयाली सहित सिटि जुलुस सम्पन्न गरेको छ । नेबिसंघका निबर्तमान सह महामन्त्री राजेश रौनियारको नेतृत्वमा भएको रयाली नेपाली काङ्ग्रेसको कलैया स्थित पार्टी कार्यालयबाट सयौको संख्यामा निस्किएको थियो । सिटि जुलस र मोटरसाइल रयाली सहित भएको रयालीमा भ्रष्ट सरकार मुर्दाबाद, सर्वसत्तावादी सरकार मुर्दाबाद, नेपाली काङ्ग्रेस जिन्दाबाद, नेबिसघ जिन्दाबाद, तनहु घटना अत्याचार र अन्याय हो जस्ता नाराहरु लगाउदै गुप्ता पेट्रोल पम्प, मालपोत कार्यालय र बजार परिक्रमा गर्दै कलैयाको भरत चौककमा कोण सभा गरि सम्पन्न भएको थियो । कोणसभाको अध्यक्षता नेबिसघ बाराका जिल्ला अध्यक्ष राकेश पान्डे र सन्चालन यश मिश्राले गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content