बारा । गत बिगतमा बेचेको उखुको पैसा पाउनुपर्ने माग गर्दै सर्लाहीका उखु किसानले काठमाण्डौमा आन्दोलन सुरु गरेका छन् । कृषी प्रधान देश नेपालमा आफनो उत्पादन बेचेको मुल्य अर्को बर्ष माग्दापनि पाउन नसकेर आन्दोलन गर्नु परेको यो पहिलो घटना भने हैन । २०७६ साल पौषमा किसानले आन्दोलन गरी सरकारसग सम्झौप्ता भएपनि सो अनुरुप कार्वान्ययन गर्न नसक्नु सरकार उद्योगीको मिलोमतोमा किसा मार्न अग्रसर छ भन्ने पुष्टी भएको किसानहरुले बताएका छन । सरकारको किसानलाई मारेर उद्योगीसग मिलेर खानेमात्र भएको आरोप लगाउन थालेका छन् । किसानहरुले प्रश्न गरेका छन् बिर्कोमा लाको चिनीमा चिनीमा कसरी पस्यो माफिया प्रश्न गरेका छन ।
गएको वर्ष आन्दोलनपछि सरकारले गरेको सहमति पूरा नभएपछि फेरि आन्दोलनका लागि काठमाण्डौ आएका उनीहरुले आइतबार दिउँसोदेखि आन्दोलन थालेका हुन् । चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुष १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागू नभएको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् ।
किसानले प्ले कार्डमा
साने छ खेत, साने छ बारी, सानै छ जहान,
साने छ देश , ठुलो छ सरकार, अटेन किसान
भन्दै बिरोध गरेका छन् । यसले सरकारले किसानका लागि केही गर्न सकेको छैन भन्ने पुष्टी गरेको छ । उद्योगी वा सरकारमा बसेकाहरुले आफुले उत्पादन गरेको बस्तु किन्ने ब्यक्ती दुई तिन बर्ष लगाएर दिन्छु भन्दा मान्छन के यो अबस्थाले किसानको भबिक्ष्य छ र किन कृषि प्रधान देश भन्ने सरकारले जवाफ दिनु पर्ने सर्लाहीका मात्र हैन सबै किसानले प्रश्न गर्न थालेका छन।
सर्लाहीका उखु किसानको प्रश्न बिर्कोमा लाको चिनीमा चिनीमा कसरी पस्यो माफिया

प्रतिक्रिया
प्रतिक्रिया