गुरुप्रसाद गौतम
सिमरा । आन्तरिक राजस्व कार्यालय सिमरा बाराले अबैधरुपमा सञ्चालनमा रहेका दुई हजार २०० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगर अन्र्तगत सिमरा पथलैया जीतपुर क्षेत्रबाट ईलाका प्रहरी कार्यालय सिमराको सकृयतामा सो घरेलु मदिरा पक्राउ गरी पथलैया निजगढ सडक ख०डको जङलमा नष्ट गरेको हो ।
विभिन्न स्थानबाट पक्राउ गरिएका घरेलु मदिरा आन्तरिक राजस्व कार्यालय सिमरा बाराका प्रमुख कर अधिकृत नारायण प्रसाद भण्डारी, कर अधिकृत सन्दीप कुमार मण्डल, नायबसुब्बा केशव ढुङगेल, ईलाका प्रहरी कार्यालय सिमरा बाराका ब्रिजेश प्रसाद यादब, नेपाल पत्रकार महासंघ प्रदेश नं। २ का सचिब, बाराका पुर्व अध्यक्ष गुरुप्रसाद गौतम, कार्यालयका लेखापाल राजेन्द्र कुमार कार्की , नासु रेशम बिसी, मनोज मिश्र , दिपेन्द्र चौलागाई लगायतद्धारा नष्ट गरिएको हो । बाराको यस्ता अबैध मदिरा उत्पादन तथा विक्री बितरण नियन्त्रण गर्न स्थानीय निकाय, प्रहरी र सबैको सहयोग आवश्यक हुने प्रमुख कर अधिकृत नारायण प्रसाद भण्डारीले बताउनुभयो ।