सिमरा । संविधान विपरीत संसद विघटनको विरुद्धमा बारामा पनि प्रदर्शन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत संसद विघटन गरेकोमा आक्रोशित भएका स्थानीयहरुले भरतचौक कलैयामा सडकमा टायर जलाएर प्रदर्शन गरीरहेका छन् । बिहान ९ बजे प्रधानमन्त्रीले संसद् विघटनको राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरे लगत्तै अहिले देश तातेको छ । संविधान विपरीत संसद विघटनको विरुद्धमा अहिले बाराको सदरमुकाम कलैयामा पनि प्रदर्शन भैरहेको छ । अहिले प्रहरी पनि बाक्लो रुपमा परिचालन गरिएको छ । सदरमुकाम कलैयामा नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै उनीहरुले संसद् विघटनको प्रस्ताव फिर्ता लिन माग गरेका छन् । नेकपाकै नेता तथा कार्यकर्ताहरु सहित स्थानीय सडकमा टायर जलाएर प्रदर्शन गरीरहेका छन् ।