नेकपा सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव। सात मन्त्रीको राजिनामा

तराइ संचार
तराइ संचार 841 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौँ । नेकपा सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । संसद् सचिवालय स्रोतका अनुसार आइतबार साढे १० बजे अविश्वासको प्रस्ताव दर्ता भएको हो । नेकपा सांसदले संसद्‍मा अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताइएको छ । संसद् सचिवालय स्रोतका अनुसार बिहानै भीम रावल र पम्फा भुसाललगायतले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । अविश्वासको प्रस्तावमा केही मन्त्रीहरूले पनि नाम लेखाएका छन् । अविश्वासको प्रस्तावमा नाम लेखाएका र अन्य सात मन्त्रीले राजीनामा दिएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका सात मन्त्रीले राजिनामा गरेका हुन । उनीहरुसग ९० भन्दा बढी सांसद रहेका बताइएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिसकेकी छिन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ । विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा ९१० र ९७० तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ ।

शेयर
प्रतिक्रिया
Skip to content