सन्चो पोली क्लिनिकको प्रदेश साँसद साह द्धारा उदघाटन

तराइ संचार
तराइ संचार 803 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
कलैया ५ पुस
कलैया उपमहानगरपालिका वडा नं. ४ नापीशाखा रोडमा सन्चो पोली क्लिनिकको एक कार्यक्रमका बिच प्रदेश साँसद पारस साहले उदघाटन गरेका छन । कार्यक्रमलाई सम्बोधन गर्दे प्रदेश साँसद साहले यो क्लिनिकबाट नागरिकलाई सरल एवम सहज रुपमा स्वास्थ्य सेवा पाउनेमा आफु आसावादी रहेको बताए । सरकारी अस्पतालहरुमा स्वास्थ्य सेवा प्रभावकारी रुपमा जनताले पाउन नसकेको अवस्थामा निजी पोली किलनिकहरुले प्रभावकारी सेवा प्रदान गर्नु निकै नै सराहनिय कुरा रहेको बताउदै नाफामुखी नभई सेवामुखी हुन आग्रह गरे । डाक्टर भगवानको अवतार जस्तै रहेको हुदा कुनै पुर्वागा्रही नराखी दतचित भई स्वास्थ्य सेवा प्रदान गर्नका लागि डाक्टरहरुलाई आग्रह गरेका हुन । पोली क्लिनिकबाट कलैयामा मात्र नभई जिल्ला भरीका नागरिकलाई स्वाथ्य सेवा प्रदान गर्न सकोस भन्ने कमना गरे । एक फरक प्रसंगमा प्रदेश साँसद साहले कलैया अस्पतालका मेसु जागिर जोगाउनका लागि मात्र अस्पतालमा महिनाको ४ दिन मात्र आउने अनि बाकी दिन बाहिर जिल्लामा रहेको निजी नर्सिग होममा काम गर्ने गरेको हुदा त्यसता डाक्टरलाई कार्यवाही गर्नका लागि जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकारको ध्यानआर्कषन गराए । पोली क्लिनिकका संचालक नन्दलाल कुसवाहाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादव, जसपाका केन्द्रिय सदस्य सुसिल चौगाई, ठाक्टर सुसिल साह, वडा नम्बर ४ का वडाअध्यक्ष जटाशंकर सहनी, सदस्य शम्भु गुप्ता, प्रहरी प्रवतmा गौतम मिश्र लगायतकाले अस्पतालका बारेमा आफनो बिचार ब्यतm गर्दै क्लिनिकबाट जनता प्रत्यक्ष रुपबाट लभानबित हुनेमा जोड दिएका थिए । सो किलनिकमा स्त्री रोग विशेषज्ञ रुबी श्रेष्ठ,जेनरल फिजिसियन एण्ड जेनेरल सर्जन डा ओमप्रकाश कुसवाहा, फिजिसिएन डा. राजव यादव, बरिष्ट हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. संजय कुसवाहा, छाला तथा यौन रोग बिशेषज्ञ मनिषभतm प्रधान, नवजात शिशु तथा बाल रोग विशेषज्ञ मितेश यादव,मुटु, छाती, पेट, नासा, किडनी, चिनी, एवम थाईडाईड रोग विशेषज्ञ डा. असरफ हुसेन लगायतका डाक्टरहरुले सेवा प्रदान गरिरहेका संचालक प्रदीप कुसवाहाले जानकारी दिए । बिरामीहरुको सुबिधाका लागि प्रयोगशाला, पैथलोजी, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे, ईसिजी सेवा समेत उपलब्ध रहेको छ भने बिहान देखि १२ घन्टा सेवा प्रदान गरिने भएको छ । सदरमुकाम कलैयामा यस्तो सुबिधा सम्पन्न क्लिनिक दोस्रो रहेको छ । उदघाटन भएको हुदा सयौ भन्दा बढी बिरामीहरुलाई निशुलक रुपमा चेकजाच गरिएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content