काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको घोषणा गर्दा संविधानका के के धाराहरू र के अभ्यासुलाई आधार बनाइएको छ भनेर छलफल शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आधार बनाइएका संविधानका धारामा के लेखिएको छ .
धारा ७६ को उपधारा (१): राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिरिषद्को गठन हुनेछ।
धारा ७६ को उपधारा (७): उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ।
धारा ८५ को उपधारा (१): यस संविधानबमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ।
नेकपा सांसदले संसद्मा अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताइएको छ । संसद् सचिवालय स्रोतका अनुसार बिहानै भीम रावल र पम्फा भुसाललगायतले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।