सिमरा । संविधान विपरित संसद विघटन भएको भन्दै नेपाली काग्रेस , नेकपा लगायतका दल र युवा कार्यकर्ताहरुले बारामा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत संसद विघटन गरेकोमा आक्रोशित भएका दलहरु सडकमा आएका हुन । बाराको सदरमुकाम कलैया भरतचौक, सिमरा, निजगढ, अमलेखगन्ज र सिम्रौनगढमा प्रदर्शन भएको हो ।
कलैयामा नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध
बिहान ९ बजे प्रधानमन्त्रीले संसद् विघटनको राष्ट्रपतिसमक्ष सिफारिस गरेर राष्ट्रपतिले अनुमोदन गरेसगै देश तातेको छ । सदरमुकाम कलैयामा नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै उनीहरुले संसद् विघटनको प्रस्ताव फिर्ता लिन माग गरेका छन् । नेकपाकै नेता तथा कार्यकर्ताहरु सहित स्थानीय सडकमा टायर जलाएर प्रदर्शन समेत गरेका छन् ।
त्यसैगरी बाराको सिमरामा पनि बिरोध प्रदर्शन भएको छ । सिमरामा भएको बिरोध प्रदर्शन पछि सम्पन्न कोण सभामा नेपाली काग्रेसका हरी थपलिया, छबिलाल शर्मा , नेकपा युवा संगठनका सहसम्योजक अर्जुन शर्मा, नेकपाका मिन प्रसाद आपागाई, नेकपा बाराका अध्यक्ष अनिल श्रेष्ठ, केन्द्रिय सदस्य दिनेश राई लगायतले संसद विघटन गर्ने प्रधानमन्त्रीको कडा शब्दमा आलोचना गरेका थिए ।
त्यसैगरी निजगढ र सिम्रौनगढमा पनि सत्तारुढ नेकपाका नेता कार्यकर्ताहरुबाटै बिरोध प्रदर्शन भएको छ । निजगढमा प्रदेश सदस्य रविराज दङ्गालको नेतृत्वमा बिरोध भएको प्रदर्शनमा नेकपा नेता नारायण गौतम लगायतले संबिधान विघटनको निर्णय खारेज गर्न माग गरेका थिए । सिम्रौनगढका अध्यक्ष श्याम किसोर यादबको नेतृत्वमा सिम्रौनगढमा बिरोध प्रदर्शन भएको छ ।
निजगढमा भएको बिरोध प्रर्दशन
त्यस्तै बाराको अमलेखगन्जमा राजमार्गमा टायर बालेर संसद बिघटनको बिरोध गर्दै आन्दोलन भएको छ । नेकपा युवा संगठनको अगुवाईमा भएको बिरोध सभामा कृष्ण ठकुरी लगायतले कडा शब्दमा बिरोध गरेका छन् । यससगै अहिले प्रहरी पनि बाक्लो रुपमा परिचालन गरिएको छ ।
अमलेखगन्जमा भएको बिरोध प्रर्दशन