सिकेन्द्र पासवान
कलैया ५ पुस
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पुर्व मन्त्री फरमुल्लाह मंसुरले संविधान विपरित संसद विघटन गरेर देशलाई दुई तिहाई नजिकको सरकारले देशलाई प्रतिगमनतर्फ धकेलेको बताएका छन् । देश र जनतामा भार थप्ने गरी संसद विघटन गरी देशलाई निरकुशता थप्ने गरी भएको संसद बिघटनले देश फेरी अराजकतर्फ धकेलेको बताउनु भएको छ । एक रेडियो कार्यक्रममा आफना धारणा राख्दै नेता मन्सुरले सो कुरा बताउनु भएको हो । दुई पाटी एकिकरण गरेपनि भावनात्मकरुपमा एक हुन नसक्दा निरंकुशतावादी सोचका कारण संसद विघटन भएको बताउदै विघटनको निर्णय खारेज गर्न माग गर्नु भयो ।
त्यसैगरी अर्को एक कार्यक्रममा प्रजातन्त्रिक आन्दोलनका अग्रनी ब्यतिm अवदुल समदको निधनले नेपाली काँग्रेसलाई अपुरणीय क्षति भएको मंसुरले बताएका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर निवासी ६७ बर्षिय समदको पार्थिव शरिरमा नेपाली काँग्रेसको चारतारे झण्डा ओढाई अन्तिम श्राद्धञ्जली अर्पण गर्दै पुर्व मन्त्री मसुरले बाचुन्जेल्ल सम्म समदले पार्टीमा देखाएको निष्टा निकै महत्वपुर्ण रहेको चर्चा गर्दे उनले देखाएको मार्ग निर्देशन अनुसार हिडन सके मात्र उनी प्रति सच्चा श्राद्धञ्जली अर्पण हुने कुरामा जोड दिए । नेपाली काँग्रेसका पुर्व बुथ सभापति, वडाअध्यक्ष समेत रही पार्टीमा काम गरेका समदको निधन आईतवार भएको हो । उनलाई श्राद्धञ्जली दिन पुर्व सहायक मन्त्रि कलावती पासवान, नेपाली काँग्रेस बाराका कार्यवाहक सभापति सुरेन्द्र गुप्ता,, सचिव हरेन्द्र यादव, तरुण विभागका केन्द्रिय सदस्य अतिउर रहमान, कलैया उपमहानगरपालिकाका नेपाली काँग्रेसका नगरसभापति पुरुसोतम सिह, कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादव, नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य सिकेन्द्र पासवान, वडा नम्बर ९ का वडा अध्यक्ष डा. अख्तर अंसारी, नेकपाका नेता, जसपाका नेता लगायतकाले सम्बेदना प्रकट गर्दै शोकाकुल परिवारलाई अल्लाले शतिm प्रदान गरोस भनी कमना समेत गरेका थिए । उनको मुस्लिम परमपरा अनुसार कब्रगाहमा दाह संस्कार गरिएको थियो । उनको ५ छोरा रहेका छन ।
दुई तिहाई नजिकको सरकारले देशलाई प्रतिगमनतर्फ धकेलेको – केस मंसुर
प्रतिक्रिया
प्रतिक्रिया