स्थानीय तहमा आएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन

तराइ संचार
तराइ संचार 715 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बारा पर्सा लगायत प्रदेश नम्बर २ का चिकित्सक तथा स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउन सकेका छैनन ।संद्धीय सरकारबाट स्थानीय सरकारमा आएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएका हुन । उनीहरुले भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिने तयारी गरेका छन् । कोरोना महामारी नियन्त्रणमा खटिएका बाराका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बिगत स्थानीय निकायमा आएदेखिनै अहिलेसम्मको तलब भत्ता नपाएको गुनासो गरेका छन् । बारा पर्सामा चिकित्सक तथा स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाए आन्दोलनमा जाने बताएका छन् ।
बिशेष गरी ल्याब र नर्सिङ्ग स्टाप तथा चिकित्सकहरुलाई जोखिम मोलेर औषधी र स्वास्थ्य सेवा पुराए वापत सरकारले हरेक महिना रु तीन सय जोखिम भत्ता उपलब्ध गराउदै आएपनि स्थानीय तहमा आएपछि कटौती गरेको बताईएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content