सिमरा । सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद विघटन गरेको बिरोधमा नेपाली काग्रेस निकट नेपाल बिद्यार्थि संघ बाराले सदरमुकाम कलैयामा गरेको प्रदर्शनमा संघका निवर्तमान केन्द्रिय सह महामन्त्री राजेश रौनियार, नेविसंघका बिनयराज शर्मा र यशु मिश्राा घाईते भएका छन् । घाईतेहरुको कलैया अस्पतालमा उपचार भएको छ । नेपाल विद्यार्थि संघका बाराका अध्यक्ष राकेश पाण्डेको अध्यक्षतामा भएको बिरोध कार्यक्रममा सहमहामन्त्री रौनियार लगायत सयौ नेता कार्यक्रर्ताहरुको उपस्थिति रहेको थियो ।