ओली समुहमा बाराबाट नौ जनाको केन्द्रिय सदस्य, भेला अवैधानिक –नेपाल समूह

तराइ संचार
तराइ संचार 772 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समुहमा बारा जिल्लाबाट नेकपा केन्द्रिय कमिटिमा ६ जना पर्न सफल भएका छन् । नयाँ ५ र पुराना तीन गरी नौ जना केन्द्रिय कमिटी सदस्य बनेका छन । नयामा पर्न सफल केन्द्रिय सदस्यहरुमा १,सुन्दर बहादुर बिक २, गिता कडेल ३,अध्यानन्द पाण्डे ४,केवल चौधरी ५,कल्याणी चौधरी ६,बिनोद साह रहेका छन् । यस अघि केन्द्रिय सदस्य रहेका अच्युत मैनाली, बलबिर चौधरी र ज्वाला साह कायम भएपछि अब खडग प्रसाद ओली समुहमा बाराबाट नौ जनाको केन्द्रिय सदस्य पुगेका छन् ।
पार्टी अध्यक्ष ओलीद्धारा साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गरेका हुन् । त्यसमा १९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा सुनाएका छन् । ओली समूहले आफनो पक्षको बहुमत पुराउन ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेको हो । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकता महाधिवेशन २०७८ मंसिर २ गर्ने निर्णय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूहको केन्द्रीय समिति बैठकले गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले सो निर्णय गरेको आजै ओली समूहबाट प्रवक्ता चयन भएका प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
यता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग पार्टीका कुल ४४१ केन्द्रीय सदस्यमध्ये ३१० जना रहेको बताईएको छ। उता प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग कुल केन्द्रीय कमिटीका २५ प्रतिशतमात्र केन्द्रीय सदस्य रहेको पाइएको छ। ४४१ नेपाल केन्द्रीय कमिटीका बहुमतका २२१ सदस्य आवश्यक हुन्छ। ओली निकट रहेका सांसदहरुको संख्या १३० हाराहारीमा मात्र रहेका कारण उनीसँग बहुमत नभएको बताईएको छ। उता दाहाल(नेपाल पक्षसँग ३१० सदस्य रहेका कारण उनीहरु कुल संख्याको तीन चौधाइ केन्द्रीय सदस्य रहेको बताईएको छ। नेकपाका दाहाल(नेपाल पक्षीय नेताहरुले आफ्नो पक्षमा दुई तिहाइभन्दा बढी केन्द्रीय सदस्य रहेका कारण आफ्नो बैठक आधिकारिक रहेको बताएका छन्। उनले केपी ओलीले बालुवाटारमा बोलाएको केन्द्रीय सदस्यहरुको भेला नौटंकी र अवैधानिक रहेको पनि केन्द्रीय कमिटी सदस्यहरुसँग बताए। केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाएर माधव कुमार नेपाललाई अध्यक्षमा चयन समेत गरेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content