कलैयाबाट ३ लाख नगदसहित ५ जना जुवाडे पक्राउ

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । जुवा खेल्ने ५ जुवाडेलाई बारा प्रहरीले ३ लाख १४ हजार ३ सय ५७ नगद र १६ थान कौडा सहित पक्राउ गरेको छ। प्रहरीले जुवा खेलिरहेको अवस्थामा ५ जना जुवाडेलाई पक्राउ गरेको हो । कलैया उप महानगरपालिका ४ हजारी मार्केट स्थित शाह गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर २५ बस्ने ४० वर्षीय भोला पटेल,वडा नम्बर १ बस्ने ३९ वर्षीय सुरेन्द्र साह सोनार,६ बस्ने ४५ वर्षीय राजकिशोर साह,२७ बस्ने २७ वर्षीय मन्तोष राउत कुर्मी र महागढीमाई नगरपालिका १ बस्ने ५५ वर्षीय पारस चौधरी रहेका छन्। जुवा खेलिरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले गेष्ट हाउस खानतलाशी गर्दा २०२ नम्बर कोठा भित्र कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए। पक्राउ परेका पाँचै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

शेयर
प्रतिक्रिया
Skip to content