सभामुख सरोज यादवको विशेष पहलमा नया बिद्युत ट्रान्सफर्मर जडान

तराइ संचार
तराइ संचार 1.2k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिम्रौनगढ़ । प्रदेश २ का सभामुख सरोज यादवको विशेष पहलमा नया बिद्युत ट्रान्सफर्मर जडान गरिएपछि आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ टावर जमुनियामा गाउँबासी ख़ुशी भएका छन । एउटा ट्रान्सफर्मरबाट वडाको टावर जमुनिया गाउँका करिब १ सय ५० घरधुरीमा विद्युत सप्लाई हुने गरेका कारण ओभरलोड हुने र सिचाई तथा मोटरको सञ्चालनमा समस्या हुदै आएको थियो । विद्युत अपुग कै कारण खेती गर्नका लागि मोटरबाट पानी तान्ने समस्या झेल्दै आईरहेका थिए । बर्षौदेखी झेल्दै आएको समस्यालाई सभामुखले समाधान गरिदिएपछि स्थानिय हर्षित भएका हुन् ।


सभामुखको विशेष पहल र नेपाल बिद्युत प्राधिकरण उपबितरण केन्द्र सिम्रौनगढ़को प्राबिधिक सहयोगमा ५ लाख रुपैया बराबरको ५० केभीको बिद्युत ट्रान्सफर्मर जडान गरिएको हो । नया ट्रान्सफर्मर बाट करिब २ सय ५० किसान लाभाम्बित हुने बिश्वास गरिएको छ । कृषि कार्यको लागि ट्रान्सफर्मर जडान गर्न सहयोग गर्ने सभामुख सरोज यादवलाई टावर जमुनियाका जनताले धन्यवाद दिएका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content