काठ, बलेरो सहित एक जनालाई निजगढबाट पक्राउ

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । बाराको निजगढबाट डिभिजन बन कार्यालय बाराले  ६० हजार मुल्य बराबरको काठ, बलेरो सहित एक जनालाई पक्राउ गरेको छ ।
नां ५ च १४८८ नम्बरको बलेरो सहित पक्राउ पर्नेमा निजगढ ५ निवासी धर्मराज चौलागाई रहेको डिभिजन बन कार्यालय बाराका प्रमुख मंजुर अहमदले बताउनु भयो । तयारी अवस्थाको ६० सेफटी काठ कडी बलेरोमा लुकाई सिगौलबाट निजगढ ल्याउदै गरेको अबस्थामा पक्राउ गरिएको बताउदै प्रमुख अहमदले चोरी तस्करीको आवश्यक छानविन गरिने बताउनु भयो । उहाँले वन ऐन २०७६ अनुसार आवश्यक कारवाही हुने समेत बताउनु भयो ।
बाराको निजगढमा रतनपुरी र सिगौल क्षेत्रमा रहेको सरकारी बन क्षेत्रबाट हरेक दिन चोरी तस्करी हुदै आएपनि वन कार्यालयले यस पटक पक्राउ गरेको स्थानीयले बताएका छन् । सिङगौल क्षेत्रबाट हरेक दिन रु १० हजार लिएर बलेरोमा काठ तस्करी दैनिक हुने गरेको बताईएको छ । वन कर्मचारीको समेत मिलोमतो नभए कसरी दैनिक बलेरो होस वा ट्रयाक्टरमा दैनिक चिरानका काठ आउने गर्छ स्थानीय बताउछन । बलेरोले ल्याएको काठ एक तिमल्सिना थरका काठ थस्करको भएको स्थानीयले बताएका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content