एक बिगहा जग्गामामा लगाइएको अवैध गाँजा खेती नष्ट

तराइ संचार
तराइ संचार 897 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । जिल्ला प्रहरी कार्यालय बाराले एक बिगहा जग्गामामा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको छ । प्रहरीले मङ्सिर १६ गतेबाट संचालिन गरेको गाँजा फडानी अभियान अन्तर्गत शुक्रबार बिहान अवैध गाँजा खेती नष्ट गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुर बाट खटिएकोको संयुक्त प्रहरी टोलीले जिल्लाको निजगढ नगरपालिका वडा न १२ नाङगेडाँडा स्थितमा १ बिगहा ऐलानी जग्गामा लुकाई छिपाई लगाइएको अवैध लागू औषध गाँजा खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । रतनुर क्षेत्रमा यति धेरै गाँजा खेती नष्ट प्रहरीले गरी रहेपनि रतनपुरी मा रहेको शसस्त्र र प्रहरी कार्यालयहरु भएपनि गाजाँ पाकिन्जेलसम्म के गरी रहेका थिए भन्ने प्रश्न स्थानीयले गरेका छन ।

शेयर
प्रतिक्रिया
Skip to content