नक्कली भ्याट बिल प्रकरणमा बाराको शिवम ट्रेडर्स एण्ड सप्लायर्स विरुद्ध मुद्दा दर्ता

तराइ संचार
तराइ संचार 832 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा – बारा जिल्ला बुनियाबाद गाउँपालिका–१ स्थित शिवम ट्रेडर्स एण्ड सप्लायर्सका संचालक जगदिश सहनी मलाह समेत ७ जना विरुद्ध राजश्व अनुसन्धान विभागले बिगो माग गर्दै मुद्दा दर्ता गरेको छ । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा ४ करोड ७९ लाख ६९ हजार ४४७ रुपैयाँ बिगो माग्दै मुद्दा दायर गरेको हो । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा देशका विभिन्न व्यापारिक फर्म तथा त्यसका सञ्चालकलाई १९ करोड ९६ लाख रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग गर्दै बिहीबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । सोही प्रकरणमा बाराका मलाह पनि मुछिएका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content