मंगलबारदेखि सवारी चालक अनुमति पत्रको अनलाइन फाराम खुल्ने

तराइ संचार
तराइ संचार 501 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बीरगञ्ज । सरकारले मंगलबारदेखि सवारी चालक अनुमति पत्रको अनलाइन फाराम खुलाउने भएको छ। शुक्रबार यातायात व्यवथा विभागले विज्ञप्ति जारी गर्दै पुष १४ मंगलबारदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम खुल्ने जानकारी दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डको पालना गरी अनलाइन फाराम खुला गरिने विभागका प्रवक्ता डा। लोकनाथ भुसालले बताएका छन्। कोरोना महामारी पछि नेपाल सरकारको मन्त्रिपरिषद्ले गत चैतमा लकडाउन गर्ने निर्णयपछि चैत ११ गतेदेखि सवारीचालक अनुमति पत्रको अनलाइन फाराम बन्द गरेको थियो।

शेयर
प्रतिक्रिया
Skip to content