सिमरा । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समुहले मनोनित गरेका बाराका १० जना केन्द्रिय सदस्यहरु मध्ये ३ जनाले केन्द्रिय सदस्य पद अस्विकार गरेका छन् । अधिवेशन आयोजक समितिका लागि छनोटमा परेका केन्द्रिय सदस्यहरु मध्ये प्रदेश सभा सदस्य तथा नेकपा बाराका सचिव सुन्दर विश्वकर्मा, प्रदेश नम्बर २ पार्टी कमिटी सदस्य एवं जिफन्ट प्रदेश २ का अध्यक्ष कमलेश झा र कल्याणी चौधरीले विज्ञप्ती निकालेरै ओलि समूहको केन्द्रिय कमिटी सदस्यमा नरहने घोषणा गरेका हुन् । उनीहरुले पहिलादेखिनै नेकपामा रहेको बताएका छन् । प्रदेश सभा सदस्य गिता कडेँल, अध्यानन्द पाण्डे,केवल चौधरी,बिनोद साहसहित १० जनालाई प्रधानमन्त्री ओलीले केन्द्रिय सदस्यका मनोनित गरेका छन् । मनोनयनमा परेका १० मध्ये ७ जना केन्द्रिय सदस्यहरुले हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।
बारा जिल्लामा बिगतमा बलविर चौधरी,गोपाल ठाकुर,ज्वाला साह,अच्युत मैनाली र दिनेश राई गरी ५ जना पुराना केन्द्रिय सदस्यहरु थिए भने अहिले ७ थपिएका छन् । प्रधानमन्त्री ओलीको ससंद् बिघटन बिरुद्ध नेकपा बारा जिल्ला कमिटिले सोमवार नाराजुलुस र मंगलवार विज्ञप्ती निकालेर ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमको बिरोध गरेको छ । पार्टी अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ अनिलले बिज्ञप्ती निकालेर बिरोध गरेका छन् ।
ओली समुहले मनोनित गरेका बाराका ३ जनाले केन्द्रिय सदस्य पद अस्विकार गरे
प्रतिक्रिया
प्रतिक्रिया