सुरज गौतम
जनकपुर । नेपालमा रेल सञ्चालनको लागि आवश्यक तयारी तिब्र पारिएको छ । झण्डै चार महिना पहिले भारतबाट ल्याएको रेल सरकारले आउँदो माघभित्र सञ्चालन गर्ने तयारी गरेको हो । त्यसो त यस अघि पनि पटक पटक रेल सञ्चालन गर्ने भने पनि अहिलेसम्म हुन सकेको छैन । नेपालको पहिलो रेलमार्ग अमलेखगन्ज रक्सौल रेलमार्ग अस्थिरताका कारण सञ्चालन हुन नसकी जीर्ण छ । सो रेलमार्गको सामाग्री चोरी गर्ने क्रम त तिब्र नै छ तर जग्गा अतिक्रमण झनै तिब्र छ । कसैको पनि अबरोध र चासो नभएपछि अतिक्रमण भई तिब्ररुपमा पक्की घरहरु बनी रहेको अहिलेको अबस्थामा नेपालको दोश्रो रेल मार्ग स्तरोन्नती पछि सञ्चालनको तयारीमा पुग्नु खुशीको कुरा भएपनि रेलमार्गको सुरक्षा र कानुन दरिलो नहुदा फेरी सञ्चालन नहुदै बन्द त हुन पुग्दैन भन्ने चासो बढेर गएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी भईरहेको जनाएको छ । रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार स्तरोन्नती पछि रेल सञ्चालन नै नभएपनि रेल्बेको लिकको लक लगायतको सामाग्री चोरी भएकोले आवश्यक मर्मत, कर्मचारीहरुलाई तालीम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिने बताउनु भएको छ । रेल सञ्चालनका लागि कर्मचारीलाई तालीम भई रहेको र यो सकिएपछि ढिलोमा माघको अन्तिमसम्ममा सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयो । भारतीय पक्षलाई मर्मतका लागि बोलाई मर्मत र निर्माणको काम भईरहेको अबको २० दिनमा तयारी हुने महानिर्देृशक भट्टराईले बताउनुभयो ।
कम्प्युटरबाट नियन्त्रण हुने सो रेलमार्गमा ‘सिस्टम इन्स्टल’ गर्ने काम पनि अघि बढाइएको छ । रेल सञ्चालन हुँदा रेल कहाँ पुग्यो, कहाँ पुग्दा अड्कियो वा अरु कुनै समस्या भयो भन्ने हेर्न सकिने उहाँले बताउनुभयो । कम्पनीले दक्ष र प्रशासनिकलगायत आवश्यक जनशक्ति व्यवस्थापन गरिरहेको छ । आवश्यक कतिपय कर्मचारी स्थायी हुनेछन् भने कतिपय अस्थायीरुपमा नियुक्त गरिने उहाँको भनाइ छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निजामति कर्मचारी काजमा ल्याइने उहाँले जानकारी दिनुभयो । रेल्वे कम्पनीमा यसअघिका झण्डै ६० जना अस्थायी कर्मचारी र १२ जना स्थायी कर्मचारी रहेका थिए । ती कर्मचारी कम्पनी बन्द भए पनि कम्पनीमा रहेका थिए । कम्पनीले रेल चलाउने ज्ञान भएका दक्ष २६ जना भारतीय कर्मचारी समेत ल्याउन लागेको छ ।
नेपालमा रेलसम्बन्धी अनुभव भएका जनशक्ति नभएकाले भारतीय कर्मचारी करारमा ल्याउन लागिएको हो । त्यसका लागि मन्त्रालयमा प्रस्ताव पेश भई सकेको र मन्त्रिपरिषद्ले निर्णय गरेपछि विदेशी कर्मचारी नियुक्ति गरी काम अघि बढाईने उहाँले बताउनु भयो । दुई सरकारबीचको सम्झौताबाट यताको कम्पनी र उताको कम्पनीबीच सम्झौताबाट ल्याइन लागिएको हो । रेल सञ्चालनका लागि अहिले तत्काल नेपालमा रेलसम्बन्धी कानूनको समेत अभाव भए पनि त्यसमा समेत कसरी अघि बढ्ने भनी मन्त्रालय र कम्पनीबीच छलफल भइरहेको छ । रेल्वेसम्बन्धी ऐन, २०२० पुरानो भएकाले नयाँ विधेयक संसदमा दर्ता छ । सरकारले उक्त रेलमार्ग बर्दिवास हुदै निजगढसम्म जोड्ने योजना लिएको छ । गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ ।
नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो । कूल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि विजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । विजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने विभागले जनाएको छ ।
चार महिना पछि जयनगर–कुर्था रेलमार्ग सञ्चालनको लागि आवश्यक तयारी तिब
प्रतिक्रिया
प्रतिक्रिया