गुरुप्रसाद गौतम
सिमरा । प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको संसद विघटन असंबैधानिक कदम भएको भन्दै नेपाली काग्रेस बाराले बाराको चारै निर्वाचन क्षेत्रमा विरोधको कार्यक्रम शुरु भएको छ ।
बाराको निर्वाचन क्षेत्र नं. १ को कोल्हवीमा नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम सांसद उमाकान्त चौधरी र क्षेत्रिय सभापति बिजय शंकर यादबको अगुवाईमा बिरोध कार्यक्रम शुरु भएको हो ।
त्यसैगरीे निर्वाचन क्षेत्र नं. २ को बगडमपुरमा नेपाली काग्रेसका केन्द्रिय सदस्य राधेचन्द्र यादब र क्षेत्रिय सभापति रामप्रवेश यादबको अगुवाई बिरोध कार्यक्रम शुरु भएको हो ।
त्यसैगरीे निर्वाचन क्षेत्र नं. ३ को कलैयामा नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम पुर्व मन्त्री फरमुल्ला मंसुर, पार्टी सभापति जयचन्द्र चौरसिया र क्षेत्रिय सभापति मुकेश कुश्वाहाको अगुवाई बिरोध कार्यक्रम शुरु भएको हो ।
त्यसैगरीे निर्वाचन क्षेत्र नं. ४ को सिमरामा नेपाली काग्रेसका केन्द्रिय सदस्य बृजलाल यादब, सबिधान सभाका सदस्य एवम नेपाली काग्रेसका पुर्व सचेतक शोभाकर पराजुली र क्षेत्रिय सभापति सुनिल गुप्ताको अगुवाई बिरोध कार्यक्रम शुरु भएको हो । नेपाली काङ्ग्रेस बारा क्षेत्र नं ४ ले उक्त कार्यक्रमको आयोजना गरेको हो । यस अघि हिजो नेपाली काङ्ग्रेस जितपुरसिमरा नगर पार्टी कार्यालय सिमारामा सम्पन्न बैठकले केपी ओली सरकारले प्रतिनिधी सभा बिघटन गरेर असंवैधानिक कदम चालेको बिरूद्वमा पुस १३ गते सिमरा केन्द्र पारेर विरोध कार्यक्रम प्रदर्शन गर्ने निर्णय गरेको हो ।
बैठकमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुनिल गुप्ता , सचिव सुरेश लामा , जितपुर सिमरा उपमहानगरका नगरसभापति श्यामबाबु गुप्ता , नेताहरू शोभाकर पराजुली , मधु शाही , शोभा लामा , हरि थपलिया , छबिलाल शर्मा , नीरू रायमाझी , टीका पौडेल , सुशील ढोडारी , धुर्ब लामा , राजकुमार सेढाई , थानेश्वर पौडेल , राधादेवी साह , राजेश गिरी , ठगई ठाकुर लगायतका नेता तथा अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो । त्यसैगरी वडाका सभापतिहरू, निर्वाचित वडाका अध्यक्षहरू, सदस्यहरूको उपस्थित रहेका थिए ।
दोश्रो जनआन्दोलन पछि पहिलो पटक सडक आन्दोलनमा आएको नेपाली काग्रेसले आज भई रहेको बिरोध कार्यक्रम सबैले चासोका साथ हेरिरहेका छन् । मानिसहरु जम्मा हुने ब्यानर टाङने, नारा जुलुश गर्ने लगायतको पछि दिनको १२ बजे पछि चारै क्षेत्रमा कोणसभा गर्ने पार्टीको कार्यक्रम रहेको नेपाली काग्रेस बाराका सभापति जयचन्द्र चौरसियाले बताउनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते असंवैधानिक ढंगले संसद विघटन गरेको बिरोधमा काग्रेसले चारै क्षेत्रमा शसक्त बिरोध कार्यक्रम भई रहेको केन्द्रिय सदस्य एवम पुर्व मन्त्री फरमुल्ला मंसुरले बताउनु भयो ।
यता नेपाली काग्रेस जीतपुरसिमरा नगर कार्य समितिले आफ्नो सबै कार्यकर्तालाई सिमरा चोकमा हुने बिरोध कार्यक्रममा सहभागि हुन नगर सभापति श्यामबाबु गुप्ताले जानकारी दिनु भएको हो ।
दोश्रो जनआन्दोलन पछि काँग्रेसको बाराका चारै क्षेत्रमा विरोधको कार्यक्रम शुरु
प्रतिक्रिया
प्रतिक्रिया