कलैया । संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी बाराले सरकारको पुतला दहन गरेको छ । कलैयाको भरतचौकमा शुक्रवार प्रधानमन्त्री र राष्ट्रपतीको पुतला दहन गरेर बिरोध गरेको हो । श्री ३ च्रन्द्र माविबाट निस्केको रैली सरकार विरुद्ध नाराबाजी गर्दै बजारको परिक्रम गरि मुख्य चौकमा आएर पुतला दहन भएको हो । जनता समाजवादी पार्टी बाराले दैनिक बिरानेधको कार्यक्रम गर्दै आएको छ । पुतला दहन गर्ने क्रममा प्रहरीले हस्तेक्षप गर्दा समाजबादी युवा संघ को जिल्ला उपाध्यक्ष शशी दास गम्भिर घाइते भएका छन् । प्रहरीले हस्तक्षेप गर्दा पुतलामा लागि सकेको आगोले उनको बाया हात जलेको हो ।
विरोध कार्यक्रममा सबिधान सभाका सदस्य प्रमोद गुप्ता, जिल्ला समन्वय समितिमा समेत रहेका पवन ब्याहुत, प्रसौनी गाउपालिका अध्यक्ष भोला गुप्ता, जयप्रकाश साह, श्याम गुप्ता, वडाध्यक्षहरु आन्नद कुमार गुप्ता, सरफुल्लाह अंसारी, युवा विधार्थी नेताहरुको सहभागिता रहेको थियो ।
जनता समाजवादी पार्टी बाराद्धारा सरकारको पुतला दहन
प्रतिक्रिया
प्रतिक्रिया