प्रधानमन्त्री ओलीका कारण देश संकटको भुमरीमा फसेको छ – पोखरेल

तराइ संचार
तराइ संचार 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । नेकपा स्थायी कमिटी सदस्य तथा पुर्व शिक्षा मन्त्रि गिरीराजमणि पोखरेलले प्रधानमन्त्री ओलीका कारण देश संकटको भुमरीमा फसेको बताउदै जनताले दिएको दुइतिहाइ मतको ओलीले अपमान गरेको बताउनु भयो । उहाँल संसद बिघटन गर्ने ओलीको कदम असंवैधानिक भएकोले त्यसको बिरुद्धमा लाग्न कार्यकर्ता लाइ निर्देशन दिनु भयो ।
प्रचण्ड माधव नेपाल पक्षको बाराको कलैयामा आईतबार सम्पन्न अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । पौष १४ गते कलैयामा आयोजना हुने बिरोध रर्याली तयारीका लागि कार्यकर्ता भेलाको आयोजना गरिएको हो ।


नेपाल कम्युनिष्ट पार्टी नेकपा बाराको आयोजना भएको भेलामा बोल्दै नेकपाका नेता पूर्वमन्त्री पुरुषोत्तम पौडेलले पार्टीको निर्णय समेत नमानेर केप ीओलीले झण्डै दूई तिहाईको मत केपि ओलीको नभएर एमाले र एमाओवादी केन्द्रका लागि दिएको स्पष्ट पार्नुभयो । नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठको सभापतित्व र मनोज पौडेलको सहजिकरणमा सम्पन्न कार्यक्रममा नेकपा केन्द्रीय तथा बारा सह इन्चार्ज गोपाल ठाकुर, केन्द्रीय सदस्य दिनेश राई, संबिधान सभाका सदस्य शिवचन्द्र कुशवाह,पुर्व जिबिस सभापति छठु प्रसाद यादव, संबिधान सभाका सदस्य बिभा कार्की लगायतले असंवैधानिक कदमका संसद बिद्धटनको बिरुद्धमा एकजुट हुन आग्रह गर्नुभएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content