कलैया । राष्ट्रिय प्रजातन्त्र पार्टी बारा जिल्ला कार्य समितिले बाराकाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा भएको प्रतिनिधि सभा विघटनले देशमा संकटकालीन परिस्थिती सृजना भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको राष्ट्रिय प्रजातन्त्र पार्टी बाराले जनाएको छ ।
सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र राज संस्था पुनः स्थापनाको पक्षमा आफुहरु सधैँ रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी बाराका कार्यकारी अध्यक्ष राज नारायण साह तथा अध्यक्ष भरत मल्ल द्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । संविधानमा रहेको धर्म निरपेक्षता खारेज गरि पुर्ण धार्मिक स्वतन्त्रता सहितहिन्दु राष्ट्र घोषणा,राजसंस्था सहितको मौलिक प्रजातन्त्र कायम गर्न गोलमेच सम्मेलन, जवरजस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गर्न, बेरोजगारी अन्त्यका लागि अल्पकालिन र दीर्घकालिन कार्ययोजना,कोरोना नियन्त्रण, महंगी र कालोबजारी नियन्त्रणका लागि प्रभावकारी नीति तथा योजना बनाउन माग गरेको छ ।
कर्माचारीहरुले कुनै पनि राजनैतिक दलको सदस्य बन्न पाउने व्यावस्थाको अन्त्य, ,उखु किसानको समस्या सधैँका लागि समाधान र माध्यामिक तहसम्म संस्कृत शिक्षाको मााग गर्दै बाराका प्रमुख जिल्ला मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका निजगढ नगर अध्यक्ष खड्ग प्रसाद उप्रेतीले जानकारी दिनु भयो ।
देश संघियतामा गएपछि नेपाली जनता थप मारमा परेको भन्दै जनताको अपेक्षा अनुसार संघियता नभएको र संघियताका कारण अव्यावहारीक तथा अराजनैतिक गतिविधि बढेको बिरोध स्वरुप ज्ञापन पत्र बुझाएको केन्द्रिय सदस्य मोहन यादवले बताउनु भयो । कार्यक्रम कलैया एभरेष्ट होटलबाट नाराबाजी गर्दै प्रजिअको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएइएको हो ।