निजगढ । प्रधानमन्त्री केपी शर्मा ओलीले असबैधानिक तरिकाले संसद बिघटन गरेकाले सर्वोच्च अदालतले पुर्नस्थापना गर्ने प्रतिनिधि सभाका सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य उमाकान्त चौधरीले बताउनु भएकोछ ।
नेपािली काग्रेसले हरेक निर्वाचन क्षेत्रमा गरेको बिरोध प्रदर्शन अन्र्तगत बाराको निर्वाचन क्षेत्र नं. १ कोे आदर्श कोतवालमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । नेता चौधरीले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा आदेश जारी नगरे अदालतप्रति जनताको विश्वाश टुट्ने भएकाले पनि अदालतले संसद पुर्नस्थापना गर्ने बताउनुभयो । संविधानमै व्यवस्था नभएको प्रक्रिया चालेर प्रधानमन्त्री र राष्ट्रपतिले देशलाई अराजक र धोका दिएको बताउनु हुदै सांसद चौधरीले बैशाखमा प्रधानमन्त्री ओलीले निर्वाचन गराउन नसक्ने जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले संकटकाल जारी गरेर एकदलीय तानाशाही शाशन लाद्न खोजेको चौधरीले बताउनु भयो । यसतर्फ नेपाली काग्रेसले कहिल्यैसाथ दिन नसक्ने बताउदै गलत कामको सबैले बिरोध गर्नुपर्ने बताउनु भयो ।
निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद मिलाउन नसकेर प्रतिनिधिसभा बिघटन गर्ने गैर संवैधानिक कार्य कसैलाई मान्य नहुने बताउनु भयो । मेयर खनालले राजाले जस्तै कम्युनिस्ट सरकारले पनि निरङ्कुशताको मार्ग अपनाएकाले राजालाई फालेका जनताले कम्युनिष्ट फाल्नु पर्ने बताउनुभयो । संसद पुनर्स्थापना नभएसम्म नेपाली कांग्रेसले संघर्ष गर्न छाड्न नहुने मेयर खनालले बताउनुभयो ।
त्यस्तै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि पेमासिद्धि लामाले प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कु नसच्याएसम्म नेपाली कांग्रेसले विरोध गरिरहने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी नेकपाले गलत कदम चाल्यो भन्दैमा संघीय गणतन्त्रको विकल्प सोच्न नसकिने बताउनुभयो ।
नेपाली कांग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ख का क्षेत्रीय सभापति तथा बारागढी गाउँपालिकाका अध्यक्ष देवदत्त बछारको सभापतित्वमा सम्पन्न विरोध सभामा नेपाली कांग्रेस बाराका पुर्व सचिव रामप्रसाद चौधरी, नेपाल विद्यार्थी संघका निवर्तमान सहमहामन्त्री राजेश रौनियार, पुर्व केन्द्रिय सदस्य रामाकान्त साह लगायतले सम्बोधन गर्नुभएको थियो । आदर्श कोतवालमा सम्पन्न कोणसभा उल्लेख्य कार्यकर्ताहरुले मोटरसाईकल जुलुश गर्दै नारा जुलुश गरेका थिए ।