बारा । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएकाले संसद पुर्नस्थापना गरी देशलाई सही दिशामा बढाउन जनताको आशा र भरोसा सर्वोच्च अदालत भएको नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम पुर्व मन्त्री फरमुल्ला मंसुरले बताउनु भएको छ ।
नेपाली काँग्रेस बाराले आज सोमबार बाराको चार वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम अन्र्तगत क्षेत्र नं. ३ को कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । बारामा रहेका चार निर्वाचन क्षेत्रमा आज एकै साथ विरोध र्याली निकालिएको छ ।
पार्टी भित्रको गुटको ब्यवस्थापन गर्न नसकेर जनता र देशलाई अराजकतातर्फ धकेलेर केपी ओलीले सर्वसत्तावादी चरित्र देखाएको पूर्वमन्त्री मंसुरले बताए । वर्तमान सरकार नेकपा सरकार सर्वसत्ताबाद र भ्रष्टाचार प्रति उद्त रहेको बताउदै अनेक काण्डमा डुबेको उनले बताए ।
नारा जुलुश पछि बाराको सदरमुकाम कलैयामा भएको कोणसभामा पुर्व राज्य मन्त्री कलावती पासवानले नेकपाले जनताको मतको अपमान गरेको बताउनु भयो ।
कार्यक्रममा महाधिबेशन प्रतिनिधि रामानन्द यादब, नेपाली कांग्रेस कलैया नगर सभापति पुरुषोत्तम पाण्डे लगायतले सरकारको कदमको बिरोध गर्दै आन्दोलन शसक्त बनाउनु पर्ने बताउनु भएको थियो । कोण सभाको सञ्चालन जिल्ला सचिब मनोज भट्टले गरेका थिए । यस अघि काग्रेसले कलैया नगर परिक्रमा गर्दै नारा जुशुश गरेको थियो ।