सिकेन्द्र पासवान
कलैया । नेपाली काग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ क्षेत्रिय कार्यसमितिले प्रधानमन्त्री केपी ओली शर्मा ओलीको असंवैधानिक कदमको बिरोध गर्दे कोल्हवीमा सोमवार बिरोध प्रदर्शन भएको हो । कोल्हवी बजारको मुख्य ठाँउवाट हजारौको संख्यामा रहेको नेता तथा कार्यकर्ताहरुको सहभागितामा सो बिरोध प्रर्दशन गरिएको हो । बिघटित ससदको पुनरस्थापना गर, सरकारको अधिनायकवाद कदम फिर्ता ले, केपीओली सरकार मुद्धाबाद, हत्या हिंसा बन्द गर, बलात्कारीहरुलाई सजाय देउ लगायतका नाराहरु लगाउदै र्याली सहित बिरोध प्रर्दशन गरिएको नेपाली काँग्रेसका क्ष्ोत्रिय सचिव उपेन्द्र पटेलले जानकारी दिए ।
कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष चन्द्रशेखर यादवले नेपालमा तानाशायीहरुले कहिलेपनि सफल भएको ईतिहास नरहेको भन्दै केपी ओलीको असंवैधानिक, अलोकतान्त्रिक कदम फेल भएर जाने बताए । मुलुकमा बिधीको शासन कायम नगरी संविधानमा हुदै नभएको धारा प्रयोग गरी ससद बिघटन गरी मुलुकमा तानाशाही एवम एकतन्त्री शासन व्यवस्था लाध्न खाजेको बताउदै ओलीको यो सपना नेपाली जनता र नेपाली काँग्रेसले पुरा हुन नदिने ठोकुवा गरे । आफनो पार्र्टीको झगडालाई लिएर सिगो देशलाई गुमराहमा पारेर सता लम्बयाउने दाउमा मात्र रहेको यादवको तर्क गरे ।
नेपाली काँग्रेस क्षेत्रिय सभापति एवम सिम्रौनगढका मेयर बिजयशंकर यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा महिला संघका जिल्ला अध्यक्ष सिता मैनाली, प्रजातन्त्रि सेनानी संघका जिल्ला अध्यक्ष किशोर नेपाल, निजगढ नगरपालिकाका नेपाली काँग्रेसका नगर सभापति महेसी कुवर, बारा निर्वाचन क्षेत्र नमबर १ प्रदेशसभा क का क्षेत्रियसभापति रामकुमारी गोले, महासमिति सदस्यहरु रामनरेश कान्त कुसवाहा, उपेन्द्र जसवाल लगायतकाले सम्बोधन गर्दे ओलीको कदमको चर्को बिरोध गर्नुभएको महाधिवेशन प्रतिनिधी सिकेन्द्र पासवानले बताए । कार्यक्रममा आर्दश कोतवाल गाँउपालिका नेपाली काँग्रेसका सभापति राधव यादव, प्रत्यासी उम्म्ेदवार जवाहर प्रसाद साह, नेपाली काँग्रेसका बुथसभापतिहरु, भातृ संगठनका प्रतिनिधीहरु, महिला नेतृहरु लगायत हजारौको सहभागिता रहेको बुथ सभापति सुरेन्द्र जसवालले बताए ।
प्रधानमन्त्री केपीओलीको असंवैधानिक कदमको बिरोध गर्दे कोल्हवीमा बिरोध प्रर्दशन
प्रतिक्रिया
प्रतिक्रिया