सिमरा – लालबकैया नदी नियन्त्रण परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवसहित पाँच जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झण्डै चार करोड भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ३ करोड ६५ लाख ९ हजार ४५६ रुपैयाँ बिगो माग्दै सोमबार श्रीवास्तवसहित इन्जिनियर र ठेकेदार कम्पनीका प्रोप्राइटरलाई मुद्दा दायर गरेको हो । मुद्दा दायर भएका इञ्जिनियरमा पाण्डव प्रसाद देव, महादेव खिम्तीरमैनाचुली जेभीका मुख्य पार्टनर रवि सिंह, प्रवन्ध निर्देशक मदनकुमार अधिकारी र प्रतिनिधि सन्तोष श्रेष्ठ छन । उनीहरू सबैलाई सोही बिगो र सजाय माग दाबी लिइएको अख्तियारले जनाएको छ । सर्त र सम्झौताविपरीत कम गुणस्तरको सामग्री प्रयोग गरेर ठेकेदार कम्पनीका व्यक्तिले भ्रष्टाचारजन्य कार्य गरेको देखिएको अख्तियारले जनाएको छ । आयोजनाको सम्वर्द्धनमा प्रयोग हुने क्याबियन तारको गुणस्तर यकिन गरेरमात्र प्रयोग गर्नुपर्नेमा परीक्षणबिना नै प्रयोग गरी आयोजना प्रमुख र इञ्जिनियरले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
नदी नियन्त्रण परवानीपुर बाराका आयोजना प्रमुख सहित पाँच जनाविरूद्ध मुद्दा दायर
प्रतिक्रिया
प्रतिक्रिया