गुरुप्रसाद गौतम
सिमरा । बाराको सिमरामा पहिलो पटक सबै भन्दा पुरानो र डरलाग्दो मानिएको रोग रेबिज बिरुद्ध खोप सेवा शुरु हुने भएको छ । सिमरामा यो सेवा नहुदा निजगढ र सदरमुकाम जानु पर्ने अन्यथा महगोमा खरिद गरी लगाउनु पर्ने बाध्यता थियो ।
नेपाल सरकारले सन २०३० सम्ममा रेबिज उन्मुलन गर्ने निती अनुरुप सिमरामा रेबिज बिरुद्ध खोप सेवा शुरु हुन लागेको हो । ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मार्फत डा. श्रवण कुमार मण्डलको अगुवाईमा बुधबारदेखि रेबिज बिरुद्धको खोप सेवा शुरु हुन लागेको हो । डा. मण्डल केही समय अघि सिमरा प्राथमिक स्वास्थ्य केन्द्रमै काम गर्नु भएको हो । डा. मण्डल र टेकु अस्पतालका जनस्वास्थ्य निरीक्षक लिलानाथ भण्डारीले बुधबार रेबिज बिरुद्ध खोप बारे अभिमुखीकरण कार्यक्रम गरी यो खोप सेवा शुरु गर्न लागेको मण्डलले बताउनु भयो । बाराको निजगढ, कलैया,बिरगन्ज र सिम्रौनगढमा यो खोप सेवा शुरु भई सकेको समेत उहाँले बताउनु भयो ।
यो रोग लागेपछि उपचारनै नभएको हुदा सावधानी अपनाउने र खोप लगाएपछि भने पुर्ण सुरक्षित हुन सकिने डा. मण्डलले बताउनु भयो । बाराको पथलैयामा रेविजकै कारण केही समय अघि एक जनाको मृत्यु भएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र सिमरामा रहेकै जनशक्तीलाई प्रयोग गरेर यो रेबिज बिरुद्ध खोप सेवा शुरु गर्न लागिएको बताईएको छ । बजारमा प्रति डोजको ६०० गरी पाँच डोजको तीन हजारसम्म पर्ने यो खोप सरकारले निशुल्क उपलब्ध गराएपनि समितिले ब्यवस्थापन शुल्क लगाएर सहुलियत दरमा उपलब्ध हुने गरी शुरु गर्न लागिएको बताईएको छ ।
रेबिजका कारण मानिस उत्तेजक र पक्षघात हुने गरेको छ । अधिकाश मानिसमा उत्तेजक लक्षण देखिने गरेको छ । नेपालमा कुकुरको टोकाईका बिरामी ०७५÷०७६ मा ३२ हजार आठ सय ८२ थिए भने अन्य जनावारबाट टोकाईका बिरामी दुई हजार तीन सय ६८ रहेका छन् । त्यसैगरी सोही आवमा १८ जना मानिसको रेबिजका कारण मृत्यु भएको महाशाखाले जनाएको छ । त्यसैगरी ०७४÷०७५ रेबिजको कारण ३२ जनाको मृत्यु भएको थियो ।
रेविज रोग कसरी सर्दछ ?
रेविज रोगको विषाणुले स्नायू प्रणालीमा असर गर्दछ । यो रोग खासगरिकन रोगी जनावरले टोकेको अवस्थामा ¥यालको माध्यमवाट सर्दछ । रेविज रोग लागेर वहुलाएको जनावरहरुको घाउ चाटेमा वा च्यातिएकोे छाला वा मुखमा र नाकमा ¥याल परेमा पनि रोग सर्न सक्तछ ।दक्षिण पूर्वी एशियाका मानिसहरुमा ९६ प्रतिशत रेविज रोग कुकुरको टोकाईवाट सर्ने गरेको पाईएको छ । यसको अलावा अन्य जनावरहरु जस्तै विरालो, न्याउरी मुसा, स्याल, व्वांसो, फ्याउरो र अन्य मांसाहारी जनावरहरुको टोकाईवाट पनि रोग सर्ने गरेकोे रिर्पोटहरु छन् । तर वांदर र मुसाहरुवाट विरलै सर्ने सर्दछ । रेविज रोग लागेका घोडा र गधाहरु वढी उत्तेजित हुन्छन् र नराम्रोसंग टोक्दछन् । रेविज रोग लागेका गाई, भैसीहरुले टोक्दैनन् तर ¥याल चुहाईरहेका विरामी पशुहरु जांच्दा सावधानी अपनाउनु पर्दछ । कहिले काही पशु धनीहरु रेविज रोगलाई खोरेत, भ्यागुते वा घाटीमा केहि अड्किए भनि झुक्किएर हातले औषधि खुवाउने कोशिस गर्दा रेविज रोग सर्न सक्दछ । रेविज रोग लागेको जनावरको दूध खाएर मानिसहरुमा रोग सरेको प्रमाण हालसम्म पाईएको छैन् । रेविज रोग लागेका जनावरहरु वध गर्ने र रोगी पशुहरुको गिदी वा अन्य संक्रमित अंगहरुसंग लसपस हुने व्यक्ति वा पेशाकर्मीहरुलाई रोग सर्ने सम्भवना हुन सक्दछ । तर पकाएको मासु खाएर मानिसमा यो रोग सरेको प्रमाण भेटिएको छैन् । रेविज रोग लागेर मरेका मानिसहरुको आंखा (कोर्निया) स्वस्थ मानिसमा प्रत्यारोपण गर्दा वा अन्य अंगहरु प्रत्यारोपण गर्दा रोग सरेको पाईएको छ । तसर्थ रेविज वा रेविज जस्तै शंकास्पद रोग लागेर मरेका रोगीहरुको कोर्निया वा अरु अंगहरु प्रत्यारोपण को लागि जम्मा गर्न वा प्रयोग गर्न हुदैन् । रेविज रोग लागेका रोगीहरुले अरु मानिसहरुलाई टोक्ने सम्भावना नभएता पनि हेरचाह गर्ने मानिसहरु यस वारे सजग र होशियार हुनुपर्दछ र रोगीको ¥यालको सम्पर्कमा आउन हुंदैन् ।
जनावरहरुले टोकेको घाउको उपचार कसरी गर्ने ?
यदि कुनै मानिसलाई जनावरले टोकेमा थघाउलाई तुरुन्तै १० देखि १५ मिनेट सम्म सावुन पानीले राम्ररी सफा गर्नु पर्दछ । यदि सावुन पाईएन भने पानीले मात्रै भए पनि पखाल्न पर्दछ । यो नै रेविज विरुद्धको सवभन्दा प्रभावकारी प्राथमिक उपचार हो ।थउपलव्ध भएमा घाउलाई ७० प्रतिशत अल्कोहल ईथानोल वा पोभिडोन आयोडिनले राम्रो संग सफा गर्नु पर्दछ ।थजनावरले टोकेको व्यक्तिलाई सकेसम्म चांडै थप उपचारको लागि स्वास्थ्य केन्द्र वा निजी ल्किनिकमा लानु पर्दछ ।
मानिसमा रेविज रोगका लक्षणहरु के के हुन्छन् ?
रेविज रोग लागेको मानिसमा देखिने लक्षणहरुःथटोकेको घाउ भएको भाग दुख्ने र चिलाउने (८० प्रतिशत भन्दा बढी बिरामीमा) रेविज रोग सम्बन्धि प्रश्नोत्तरज्ञद्दथ२ देखि ४ दिन सम्म ज्वरो आउने, टाउको दुख्ने, शरीरका मांसपेशी दुख्ने ।थपानी देखि डराउने ।थहल्ला वा ठूलो आवाजवाट तर्सने, चम्किलो, उज्यालो वा हावा सहन नसक्ने वा झसक्क हुने ।थमृत्युसंग डराउने ।थरिसाउने, कहिले कांहि उत्तेजित भई झम्टने र कहिले चुपचाप शान्त भई वस्ने ।थबढी उत्तेजित हुने ।थरोगको पछिल्लो अवस्थामा पानी देख्नासाथ घांटी तन्काउने । थयो अवस्था २ देखि ३ दिन सम्म रहन सक्छ । तर राम्रो हेरचाह गरेको रोगीमा ५ देखि ६ दिन वा वढि समयसम्म पनि रहन सक्दछ ।
के रेविज रोग लागेका रोगीहरुको उपयुक्त उपचार हुन्छ ?
रेविज रोगका लक्षणहरु देखा परिसकेपछि यसको उपचार संभव छैन् । यस्तो अवस्थामा रोगीलाई बेचैन र मानसिक चिन्तावाट मुक्त गराई आरामसंग राख्न वाहेक अरु केहि गर्न सम्भव छैन्
के रेविज रोग संधै प्राणघातक हुन्छ ?
मनिसमा हुने रेविज रोग शत प्रतिशत प्राणघातक रोग हो । यसको भरपर्दो उपचार पद्धति संसारमा कहि पनि उपलव्ध छैन् । आजसम्म संसारमा केहि रेविजका रोगीहरु वांंचेका रेकर्ड पाईएको छ । तर उनीहरु सबैजसोले टोकाई पूर्व रेविज रोगवाट वच्नको लागि गरिने खोप लगाएका थिए । यसले रोगको वाटो परिवर्तन गरी विषाणुको असर कम गरेर वचाएको हुन सक्दछ । एउटै मात्र रोगी जसलाई चमेरोले टोकेको थियो उसलेमात्रै टोकाई पूर्व दिईने खोप लगाएको थिएन् । तर चमेरोमा देखापर्ने र कुकुरमा देखापर्ने रेबिज विषाणु फरक फरक हुन्छ ।