नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम पूर्व मन्त्री पुरुषेत्तम पौडेलले संविधान, लोकतन्त्र र संघीयतालाई तुहाउने खेलमा प्रधानमन्त्री ओली लागेको बताउनु भएको छ । पूर्व मन्त्री पौडेलले जनताले ठुला ठुला भन्ने निरकुंशतालाई पराजित गरी सकेको अवस्थामा संसद व्यूँताएरै छोड्ने दाबी गर्नु भयो ।
कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीका कार्यकर्ताले जस्तो सुकै निरंकुश भएपनि त्यसको बिरोध गर्ने उल्लेख गर्दै निरंकुशता अपनाउने कसैलाई पनि नेपाली जनताले नछाडेकोले भ्रममा नपर्न आग्रह गर्नु भयो ।
आफनै पार्टीका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा प्रचण्ड माधब पक्षिय नेता कार्यकर्ताहरुले देशब्यापी बिरोध कार्यक्रम अनुसार सदरमुकाम कलैयामा पनि प्रदर्शन कार्यक्रममा बोल्दै पौडेलले सो कुरा बताउनु भएको हो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरु गोपाल ठाकुर, दिनेश राई, प्रदेश सभा सदस्य सुन्दर वि.क., प्रदेश कमिटी सदस्यहरु छठु प्रसाद यादव, शिवचन्द्र कुश्वाहा, बिभा कार्की, राजन पौडेल, श्रीप्रसाद पासवान, तपेश्वर चौधरी, रबिराज दंगाल, मुकेश साह लगायतले बोल्नु भएको थियो । देव नारायण चौधरीको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाराका जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।