ओली समूहको प्रदेश नं.२ स्तरीय भेला विरगंजमा सम्पन्न

तराइ संचार
तराइ संचार 980 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय
????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

पर्सा । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष केपी ओली पक्षको प्रदेश नं.२ स्तरीय भेला विरगंजको नगर सभागृहमा सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टिका जिल्ला कार्य समिती पर्साका अध्यक्षतामा भएको प्रदेश नं.२ स्तरीय भेलामा अर्थमन्त्री विष्णु प्रसाद पोडेलले देशको समृद्ध विकासको लागि अहिलेको कदम भएको बताउनु भएको छ । उहाँले नेकपा पार्टिमा स्वच्छ र निष्ठावान व्यक्तिहरु आफुहरुसगै रहेको बताउनु भयो ।

कार्यक्रममा सहरी तथा विकास मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टि प्रदेश नं. २ का अध्यक्ष प्रभु साहले प्रतिगामी तत्वहरुले विभिन्न बहानामा पार्टिमा रहेका सोझा साझा व्यक्तित्वहरुलाई बिगार्ने प्रयास भई रहेकोले यस्ता तत्वहरुबाट टाढा बस्नु पर्ने उहाँले कार्यकर्ताहरुलाई बताउनु भयो ।
विवाद पछि प्रदेश नं.२ मा भएको प्रथम कार्यकर्ता भेलामा बारा, पर्सा, रौतहट, धनुषा, सर्लाही, महोत्तरी, सिराहा र सप्तरीका कार्यकर्ताहरु उपस्थित भएका थिए । हेलिकप्टरबाट आएका अर्थमन्त्री पौडेललाई स्वागत गरेका थिए । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सहरी विकास मन्त्री प्रभु साह, प्रदेश सभासद सत्यनारायण मण्डल, कानुन मन्त्री लिला श्रेष्ठ, महिला तथा बाल विकास मन्त्री जुली महतो, प्रदेश सभासद सत्यनारायण मण्डल, पुर्व सांसद तथा केन्दि«य सदस्य राजकुमार गुप्ता, केन्दि«य सदस्य बसरुद्दीन अनसारी, जिल्ला अध्यक्ष तथा केन्दि«य सदस्य प्रभु हजरा लगायतका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीले बाध्यात्मक अबस्थामा संसद भंग गर्नु परेको ब्यप्त गरेका थिए । भेलाले हरेक जिल्लामा भेला छलफल गर्दै पार्टीका कार्यकर्ताहरुलाई समेटेर अगाडि बढनु पर्ने बताएका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content