नवराज चौलागाईं
निजगढ । नेपाली कांग्रेस निजगढ वडा नं. १३ वडासमितिले निजगढमा आर्थिकरुपमा बिपन्न अल्पसंख्यक चेपाङ समुदायलाई ५० हजार मुल्य बराबरको कम्बल वितरण गरेको छ । नेपाली कांग्रेस निजगढका युवा नेता तथा व्यवसायी रमेश दंगालको सहयोगमा कांग्रेसले ५० घरपरिवारलाई ५० थान कम्मल वितरण गरेको हो । वडा समितिले एक कार्यक्रमको आयोजना गर्दै कम्मल वितरण गरेको हो । नेपाली कांग्रेसले अल्पसंख्यक चेपाङ समुदाय, दलित र आर्थिक रुपमा बिपन्न घरपरिवारलाई कम्मल वितरण गरेको हो ।
कार्यक्रममा निजगढका मेयर सुरेशकुमार खनालले चेपाङ समुदायको आर्थिक स्थिति कमजोर रहेकाले बढ्दो जाडोलाई मध्यनजर गर्दै कम्मल वितरण गरिनु धेरै राम्रो पक्ष भएको बताउदै सहयोगी हात रमेश दङाल लगायत वडा समितिलाई धन्यवाद दिनु भयो । प्रमुख अतिथि समेत रहेका मेयर खनालले चेपाङ समुदायको उत्थानको लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यप्त गर्नु भयो । शैक्षिक र आर्थिकरुपमा बिपन्न चेपाङ समुदायका बालबालिकाहरुको शैक्षिक स्तर बढाउन निःशुल्क आवास गृह सहित अध्यापनको व्यवस्था गर्ने खनालले बताउनु भयो । वडा नम्बर १३ मा रहेको शिव शक्तेश्वर आधारभूत विद्यालयमा चेपाङ बालबालिकाको लागि यसै वर्षदेखि आवास गृह निर्माण गरिने उहाँले बताउनुभयो । यसो गर्दा वालाकालिकालाई अध्यापन गराउन सजिलो हुने र उनीहरुको शैक्षिक स्तर वृद्धि हुने खनालले बताउनुभयो ।
नेपालि कांग्रेस निजगढ वडा नम्बर १३ का सभापति सुन बहादुर थिङको सभापतित्वमा सम्पन्न कार्यक्रममा कम्मल सहयोग गर्ने कांग्रेस नेता तथा व्यवसायी रमेश दंगाल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिद्वय पेमासिद्धि लामा, माला लामा, नेपाली कांग्रेस बाराका सदस्य कृष्ण बहादुर लो, नेपाली कांग्रेस निजगढका उपसभापति नवराज तिमल्सिना, सचिव आशिष तामाङ, सदस्य सानुकान्छा पाख्रिन निजगढ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ग्यान बहादुर गोले लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाली कांग्रेस निजगढका सचिव रोशन पाख्रिनले गरेका थिए ।