बिधुत कार्यालय बाराका कुलमान चौधरीको बिदाई

तराइ संचार
तराइ संचार 929 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया । बिधुत कार्यालय बाराका गजेन्द्र चौधरीको बिदाइ भएको छ । बिधुत चुहावटमा देशभरीमै बदनाम बनेको बाराको कलैया शाखालाई सम्मानित ठाँउमा ल्याउने नेपाल बिधुत प्राधिकरण बितरण शाखा कलैयाका प्रमुख चौधरीको भब्य बिदाई गरिएको हो । बिधुत कर्मचारी संघ इकाई समिती र कर्मचारी युनियनले संयुक्त रुपमा चौधरीको बिदाई गरेको हो । संघ इकाई समितिका अध्यक्ष कमलेश गिरिका अनुसार चौधरीको कुशल ब्यवस्थापनका कारण आज नाक फुलाएर कलैया बिधुत प्राधिकरणको कर्मचारी भएको भन्दै हिड्न सफल भएको बताए । युनियनका अध्यक्ष बिक्की महतोले चौधरीको नेतृत्वमा काम गर्न सहज भएको र कुशल अभिभावकको सरुवाले मन रोएको बताए । चौधरीलाई अबिर लगाएर ,दोसल्ला र मायाको चिनो सहित भब्य रुपमा बिदाई गरिएको छ ।
२०७५ असार १९ गते कलैया शाखामा प्रमुखका रुपमा आएका चौधरीले करिब अढाई बर्षको कार्यकालमा नेपालमै बिधुत चुहावटमा बदनाम बारा जिल्लालाई ५६ प्रतिशत रहेको चुहावट लाई २८ प्रतिशतमा झार्न सफल भई उत्कृष्ट काम गरेका हुन । चौधरीले आफ्नो कार्यकामा करिब १५ सय हुकिङ्ग गरि बिधुत चोरी गर्नेलाई समाती करिब २ करोड राजस्व संकलन गरेको, १७ हजार सिङगल फेज मिटर बितरण गरेको, ५ सय वटा थ्री फेज मिटर बितरण गरेको, टोर्नाडोका बेला समेत बाराली जनतालाई बिधुत आपूर्ति गरेको र कोरोना कालमा समेत कर्मचारीलाई ब्यवस्थापन गरि काम गराएको भन्दै उच्च मुल्यांकन साथ नेपाल बिधुत प्राधिकरण केन्द्रिय शाखाले वहालाई सम्मानित समेत गरी सकेको छ । ७६ जना कर्मचारी रहेको कलैया बितरण केंन्द्रका कर्मचारीहरुको सहयोग र साथले आफुले यो सम्मान पाएको भन्दै चौधरीले सबै कर्मचारी लाई धन्यवाद दिए । आउने दिनमा समेत यसै गरी उच्च मनोबलका साथ जनताको सेवा गर्न हौसला दिएका छन । चौधरीको यदुकोहा बितरण केन्द्र धनुषामा सरुवा भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content