भारतले कोरोना भाइरसविरुद्ध भ्याक्सिन अर्को हप्ताबाटै शुरु गर्ने

तराइ संचार
तराइ संचार 605 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौं । भारतले कोरोना भाइरसविरुद्ध अक्सफोर्ड भ्याक्सिनको प्रयास अर्को हप्ताबाटै शुरु गर्ने भएको छ । भ्याक्सिनलाई भारतले यसै हप्ता अनुमोदन गरी अर्को हप्ताबाट प्रयोगमा ल्याउने तयारी गरेको हो ।

अक्सफोर्ड भ्याक्सिनको उत्पादनको अनुमति पाएको सेरम इन्स्टिच्युट अफ इन्डियाले प्रत्येक हप्ता ५ करोड डज उत्पादन शुरु गरेको जनाएको छ । अब त्यसको प्रयोगका लागि भारतले अग्रिम तयारी गरेको छ ।

बेलायतले बुधबार अक्सफोर्ड भ्याक्सिन प्रयोगको अनुमोदन स्वीकृती दिएपछि भारत पनि अगाडि बढेको हो । फाइजर, मोर्डना र रुसको स्पुतनिक भी भ्याक्सिनको तुलनामा सस्तो, सहज र भण्डारण गर्न सजिलै गर्न सकिने भएकाले भ्याक्सिनबारे सँसारभर चासो छ ।

भारतले दक्षिण एशियाका मुलुकहरुलाई प्राथमिकतामा राखेर भ्याक्सिन उपलब्ध गराउने जनाइसकेको अबस्थामा नेपाल पनि भ्याक्सिन पाउने प्राथमिकतामा परेको छ । विश्वसनीय, सस्तो र सजिलो गरी पाउन सकिने भएकाले यो भ्याक्सिनमा नेपाल सरकार अक्सफोर्ड भ्याक्सिनमा बढी ध्यान छ । नेपाल सरकारले भ्याक्सिनका लागि बजेट विनियोजन गरिसकेको छ । भारतमा उत्पादन, वितरण र प्रयोग शुरु गरेसगै नेपालमा पनि शुरु हुने आशा आम नेपालीले गरेका छन ।

शेयर
प्रतिक्रिया
Skip to content