घनुषा जिल्ला अदालतका एक कर्मचारी घाईते

तराइ संचार
तराइ संचार 881 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । बाराको कलैया देखि पिलुवा जोड्ने सडकखण्डमा घनुषा जिल्ला अदालत जनकपुरका सर्भेक्षक अवधेश प्रसाद जयसवाललाई अज्ञात सवारीले ठक्कर दिई फरार भएको छ । शख्त घाईते अवस्थामा रहेका उनलाई थप उपचारका लागि नारायणी बयोधा अस्पताल बीरगन्ज ल्याइएको छ । कलैया–पिलुवा सडकखण्डमा फेला परेका उनलाई पेट्रोलिङ्गको क्रममा रहेको नेपाली सेनाको टोलिले उद्धार गरेको हो । कलैया अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लािग नारायणी बयोधा अस्पताल लगिएको छ । उद्धार गर्ने आर्मीको टोलीले उक्त पुरुषलाई कुनै सवारीले ठक्कर दिएर भागेको हुनसक्ने आशंका गरेको छ । सडकखण्डमा प्रहरीको न्युन उपस्थिती र तिव्र सवारीका कारण दुर्घटनाको संख्या बढ्दै गईरहेको छ । फेला परेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content