सिमरा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री फरमुल्ला मंसुरले नेपाली राष्ट्रिय एकतामाथि खतरा देखेर राष्ट्रको लागि सबै नेपालीको भावनामा राष्ट्रिय एकता तथा मेलमिलाप ल्याउन राजा, नेपाली काग्रेस र नेपाली जनता मिलेर राष्ट्रिय एकता तथा मेलमिलाप निति २०३३ साल पुस १६ ल्याएको र अहिले पनि यसको महत्व धेरै रहेको बताउनु भएको छ ।
समसामयिक राजनिती र ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस बिषयक बिचार गोष्टीका अबसरमा नेपाली काग्रेस बाराले आयोजना गरेको कार्यक्रममा बोल्दै मंसुरले सो कुरा बताउनु भएको हो ।
पर्टी सभापति जयचन्द्र चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मंसुरले त्यस समय नेपाल लगायत धेरै देशमा अन्तराष्ट्रिय चलखेल भएकै कारण देश बचाउन बिपिले राष्ट्रिय एकता तथा मेलमिलाप निती ल्याएको र त्यसो नभएको भए देश नै नरहने अबस्था रहेको उहाँले बताउनु भयो ।
पार्टी कार्यालय कलैयामा सम्पन्न बिचार गोष्टीका अबसरमा अर्का केन्द्रिय सदस्य राधेचन्द्र यादबले बिपीको मार्गमा हिढदा नेपाली काग्रेसको झन महत्व बढने भएकाले सबै नेता कार्यकर्ताले मेलमिलापको मार्गमा हिडनु पर्ने बताउनु भयो । त्यसैगरी अर्का केन्द्रिय सदस्य बृजलाल यादबले बिपीको मेलमिलाप अहिलेको अवस्थामा पनि महत्व झन बढेर गएको बताउनु भयो ।
कार्यक्रममा पुर्व राज्य मन्त्री कलावती पासवान, नेपाली काग्रेसका पुर्व सचेतक समेत भई सबिधान सभाका सभासद शोभाकर पराजुली, सबिधान सभाका सभासद मधु शाही ठकुरी, नेपाली काग्रेस प्रदेश समितिका सभापति हिरालाल दास, निजगढ नगरपालिकाका नगर सभापति महेशी कुवर, क्षेत्रिय सभापति मुकेश कुशवाहा, जिल्ला कार्य समितिका पुर्व कोषध्यक्ष राम नरेश कान्त कुशवाहा, महिला नेतृहरु मेघा शाही , राधा देबी, कबिता जैसवाल लगायतले मन्तब्य ब्यप्त गरेका थिए ।
पहिलो जननिर्वाचित प्रधानमन्त्री, जननायक बि.पि.कोईराला ८ बर्षीय निर्वासित जीवन परित्याग गरि राष्ट्र नरहे नागरिक रहने छैनौं भनी राजा र मेरो घाँटी जोडिएको छ भन्दै राजालाई समेत संम्वैधानीक राजा मान्न बाध्य पारी निरर्दलिय ब्यवस्था फाली प्रजातन्त्र स्थापना गर्ने महानायक भएको भनी हरेक बर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।
अस्थिरताका कारण मुलुकको अवस्था झनै कमजोर बन्दै गएपछि बीपीसहितका नेताहरु राजनीतिक दल तथा राजा मिलेर राष्ट्रिय एकता तथा मेलमिलाप गरी देशको विकास गर्ने भन्दै फर्किएका थिए । राष्ट्रिय मेलमिलापको नीति बोकेर बीपी स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष कांग्रेसले यो दिवस मनाउँदै आएको छ । २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मुलुकमा अस्थिरता सुरु भएको थियो । बीपीसहित विभिन्न नेताहरु ७ वर्ष जेल बसेर २०२५ सालमा भारत प्रवासमा जानु परेको थियो ।
राष्ट्रिय एकता तथा मेलमिलाप निति अहिलेपनि धेरै महत्व रहेको – मंसुर
प्रतिक्रिया
प्रतिक्रिया